ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमण वर्ष सफल बनाउन आतिथ्य महत्वपूर्ण हुन्छ – पर्यटनमन्त्री भट्टराई


एबीसी न्यूज
मंसिर १२, २०७६ बिहीबार  ९ : ०८ बजे


काठमाडौं, १२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न आतिथ्य महत्वपूर्ण हुने बताउनुभएको छ ।

विश्वभरका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक प्रतिष्ठानको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कूल एशोसिएशन (इयूहोफा)को काठमाडौँमा जारी सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपाल भ्रमण वर्षको अवधिमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउन आतिथ्यमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले नेपालको प्राथमिकता प्राप्त पर्यटन उद्योग वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मानिँदै आएको बताउनुभयो । पर्यटन उद्योगमा नीतिगत सुधार गरी यसबाट प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

यसैबीच इयूहोफाको अध्यक्षमा नेपालको ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत खेम लकाइँ चयन हुनुभएको छ । उहाँ सन् २०१७ देखि उक्त संस्थाको बोर्ड सदस्य हुनुहुन्थ्यो । इयूहोफाका नवनिर्वाचित अध्यक्ष लकाइँले नेपाल अतिथिलाई भगवान्का रूपमा हेर्ने मुलुक भएको भन्दै यहाँको आतिथ्य सत्कार विश्वभरि नै उदाहरणीय मानिएको बताउनुभयो । इयूहोफाको सञ्जालमा एशिया, युरोप, अमेरिका, अफ्रिका र अष्ट्रेलियासम्मका आतिथ्य व्यवस्थापन अध्यापन गरिने शैक्षिक प्रतिष्ठान सदस्य आबद्ध छन् । सञ्जालमा नेपालबाट १४ होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठान सदस्य छन् ।

काठमाडौँमा जारी ५८औँ कँग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्यसम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापक, पर्यटन उद्योगका नेतृत्वकर्ता र यस क्षेत्रका विभिन्न विज्ञको सहभागिता छ । नेपालले आयोजना गरेको यो अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्य एशियामा नै पहिलोपटक भएको बताइएको छ । अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि अतिथि सत्कार परिवेशअनुरूप विश्व बजारमा देखाउने दरिलो अवसर भएको आयोजकले जनाएको छ । बुधबार शुरु भएको सम्मेलन यही मङ्सिर १५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : संयोजक शाह

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com