ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेह्रौँ साग : पोखरेली पर्यटन व्यावसायीमा उत्साह


एबीसी न्यूज


पोखरा, ११ मङ्सिर । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले हालै गर्नुभएको भ्रमणबाट प्राप्त विश्वव्यापकतापछि सुन्दर नगरी पोखरा यतिखेर आसन्न दक्षिण एशियाली खेलकूद(साग) को तीव्र प्रतिक्षामा छ ।

सागका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी, अफिसियल तथा अन्य पर्यटकका लागि यहाँका हिमाल, तालतलैया स्वागतको पर्खाइमा छन् । देशको राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा सागका आठ खेल सञ्चालन हुने भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।

साग सञ्चालनसँगै पोखरा खेल पर्यटनको पनि उत्तिकै सम्भावनायुक्त क्षेत्रका रुपमा स्थापित बन्ने र यस ठाउँमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन हुने गरी ‘माइस टुरिजम’को विकास गर्न सकिने भएको छ । पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा पोखरा प्राकृतिकरुपमा आफैँमा सुन्दर शहर भएकाले सागअन्तर्गतको केही खेल यहाँ सञ्चालन हुनु महत्वपूर्ण अवसर रहेको बताउनुहुन्छ । सागलाई लक्षित गरी आउने पर्यटकको स्वागतका लागि पोखरेली आतुर भएको बताउँदै उहाँले आफूहरूले यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएको जनाउनुभयो ।

सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएको र सन् १९९९ मा तेस्रो संस्करणको साग नेपालमा भएको थियो । त्यसयता दुई दशकपछि १३ औँ संस्करणको साग आयोजना गर्ने अवसर यस पटक जुरेको हो । यस संस्करणको सागका केही खेल पहिलोपटक राजधानी बाहिर पनि खेलाउन लागिएको छ । कूल २६ खेलमध्ये आठ वटा पोखरा र एउटा खेल जनकपुरमा हुँदैछ । प्रतियोगितामा सहभागिताका लागि दक्षिण एशियाली राष्ट्रबाट ठूलो सङ्ख्यामा खेलाडी, अफिसियल, विदेशी पाहुना तथा सञ्चारकर्मीसमेत आउने भएकाले यसबाट पोखराको पर्यटनको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रवद्र्धन हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । यही मङ्सिर १५ गतेदेखि साग हुँदैछ ।
“पहिलोपटक पर्यटकीय शहर पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनाले यहाँको अर्थतन्त्र चलायमान बनाउनुका साथै पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुनेछ”, उहाँले भन्नुभयो ।
पोखरामा सञ्चालन हुने आठ खेलका लागि नेपालसहित सात राष्ट्रबाट ८४० खेलाडी तथा अफिसियलको पोखरामा आगमन हुने भएको छ । साग लक्षित पूर्वाधार निर्माण लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिनुभयो ।

महिला क्रिकेट, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन, भारत्तोलन, आर्चरी र ह्याण्डबलमा भाग लिन ६५० खेलाडी तथा १९० अफिसियल आउने भएको प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी खेलाडीमध्ये ३९६ महिला तथा २५४ पुरुष छन् ।

त्यस्तै सागका खेल सञ्चालका लागि विभिन्न देशका ४९१ टेक्निकल डेलिगेट, टुर्नामेन्ट डाइरेक्टर, रेफ्री, जज, राष्ट्रिय रेफ्री तथा टेक्निकल एसिस्टेन्टको सहभागिता रहने छ । भारतबाट पाँच खेलको लागि १८० खेलाडी तथा अफिसियलको सहभागिता रहने छ, जसमा ४९ पुरुष, ६९ महिला तथा २५ अफिसियल रहेका छन् । माल्दिभ्सबाट पाँच खेलमा १३६ खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियल छन् ।

बङ्गलादेशबाट छ खेलको लागि पुरुष ५९, महिला ५५ र ३६ अफिसियल रहेका आउँदैछन् । पाकिस्तानबाट पाँच खेलमा ९४ खेलाडी तथा अफिसियलको सहभागिता हुनेछ, जसमा पुरुष ३८, महिला ३५ र अफिसियल २१ छन् । श्रीलङ्काबाट आठ खेलमा १७५ खेलाडी तथा अफिसियल आउँदैछन् । पुरुष खेलाडी ६१, महिला ८१ र अफिसियल ३३ को सहभागिता रहनेछ ।

भूटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ को सहभागिता रहेको छ । जसमध्ये पुरुष २९, महिला छ तथा अफिसियल सात जना रहेका छन् । सागका लागि पोखरा आउने पर्यटकले यहाँका प्राकृतिक सुन्दरताको मोहकता विश्वमाझ पु¥याउने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सन्तोष पोखरेलले बताउनुभयो ।

“यो पोखराको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण अवसर हो”, उहाँले भन्नुभयो, “खेल पर्यटनका माध्यमबाटै अन्तर्राष्ट्रियस्तरमा धेरै देशले फड्को मारी सकेका छन्, न्यानो आतिथ्यता दिएर यस अवसरलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com