ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक वर्षमा २ अर्ब रुपैया भन्दा बढि नाफा निकाल्ने नेपाल बायुसेवा निगमको रणनिति (भिडियोसहित)


admin
कार्तिक २१, २०७६ बिहीबार  २ : ४६ बजे

काठमाडौं २१ कात्तिक । नेपाल बायुसेवा निगमले चालु आर्थिक वर्षमा २ अर्ब रुपैया भन्दा बढि नाफा निकँल्ने रणनिति लिएको छ । तीन महिनामै ५५ करोड भन्दा बढि नाफा निकालेको निगमले अनाश्वक खर्चको कटौती र नया“ गन्तव्य बिस्तार गरेर घाटामा रहेको निगमलाई नाफामा ल्याउने योजना बुधबार सार्वजनिक गरेको हो । यस्तै निगमले आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको गोन्जाआ उडानको तयारी समेत गरेको छ ।

नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान हो । सरकारको स्वामित्वमा रहेको निगम लामो सयमदेखि अर्वाैको घाटामा छ । सन् १९५८ मा स्थापना भएको निगम अहिले ६१ वर्षमा पुग्दा समेत घाटाको व्यापार गरिहरेको छ । ६१ बर्षमा कुल ३७ अर्ब घाटामा निगम चलिरहेको छ । सबैभन्दा नाफा कमाउने निगममा जहिलेदेखि राजनीतिक हस्तक्षेप हुन थाल्यो त्यो बेलादेखि नै अधोगति सुरु भयो । निगम काण्डैकाण्डले थलिन पुग्यो । निगमले अहिले बिमान खरिदको लागि ऋण लिएको रकमको किस्ता समेत तिर्न सकेको छैन ।

राजनीतिक हस्तक्षेप, र बिमान खरिदको क्रममा हुने गरेका अर्वाैको भष्ट्रचारले नेपाल बायुसेवा निगम धरासायी बन्दै गयो । तर, निगमले अहिलेको दयनीय अवस्थाबाट माथि उठ्नको लागि महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा २ अर्व भन्दा बढि नाफा गर्ने महत्वाकांक्षी योजना निगमले सार्वजनिक गरेको हो । निगमले चालु आर्थिक वर्षको पहिलो महिनामै ५८ करोड २८ लाख भन्दा बढि नाफा गरेको जनाएको छ । यस आर्थिक वर्षमा २ अर्ब २७ करोड ६१ लाख भन्दा बढि नाफा कमाउने लक्ष्य लिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेल बताउंछन् ।

नाफा बढाउनका लागि निगमले अन्तराष्ट्रिय उडा बढाउनुका लागि आन्तरिक उडान व्यवस्तथित गर्ने रणनीति लिएको छ । जसको लागि निगमले आफनो सेवा बिस्तार गर्ने योजना बनाएको छ । सन् २०२० मार्चसम्ममा जापानको नारिता, साउदीको रियाद र चीनको गोन्जाओ उडान भर्ने निगमको तयारी छ । दुई वटा वाइड वडी र दुईवटा न्यारो बडीबाट अन्तराष्ट्रिय उडान गर्दै आएको निगमको गन्तव्य कम हुंदा र भएका गन्तव्य समेत सही ढंगले नचुनिंदा घाटा बढ्दो थियो । निगमले अहिले ल्याएका नयां गन्तव्य तुलनात्मक रुपमा नाफा कमाउने गन्तव्य हुन् । तर निगमको योजना भएपनि राम्रो व्यवस्थापन हुन सकेन भने फेरि पनि गन्तव्य खुम्चिने सम्भावना छ । त्यसो त, अहिले निमगसंग आन्तरिक उडान भर्ने बिमान ९ वटा छन । तरपनि ४ वटा जहाज मात्र संचालनमा छन । ती मध्येपनि पनि चिनिया“ ट्विनेटर बिमान बेलाबेलामा बिग्रिने गरेकोले बिमानको आन्तरिक उडानमा समस्याग्रस्त छ । समयमा बिमानको पाटर्स नआउने भएको कारण धेरै बिमान ग्राउन्डडे छन् ।

समस्यै समस्यामा गुज्रिएको बिमान कम्पनीमा नया“ आएको सञ्चालक समितीले राष्ट्रिय ध्वजावाहक विमानको अवस्थालाई सुधारको लागि नया रणनितिक ल्याएको छ । बिगममा हुने गरेको इन्धनको दुरुपयोग, धेरैमाथि उड्दा लाग्ने खर्च लगायक अनावश्यक खर्चलाई कटौती गर्दै ग्राहक सेवा बिस्तार गर्ने लक्ष्य निगमले लिएको छ । यस आर्थिक वर्षमा लिएको गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाले सधै घाटाको साथै बजार हिस्सा समेत गुमाउदै आएको निगमलाई सुधारको लागि नया योजना हुन सक्छ । योजना बनाउनु ठूलो कुरा हैन, योजना कार्यान्वयनका लागि इमान्दारितापूर्वक लाग्नु ठूलो र गम्भीर कुरा हो । निगमको व्यवस्थापकीय क्षमतामा सुधार हुन सकेन भने यो महत्वकांक्षी योजना भुत्ते सावित हुनेछ । लामो समयदेखि आर्थिक अभावमा गुज्रिएको निगमले प्रतिस्पर्धी बन्न नसके अस्तित्व नै समाप्त हुन समेत धेरै समय लाग्ने छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com