
काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपि ओलीले अस्पतालको बेडबाट आफू चाडै नियमित काममा फर्कने बताउनुभएको छ ।
‘म चाडै काममा फर्कन्छु’, बिहीबार बिहान चिकित्सकहरुको टोलीसँगै भेट्न पुग्नुभएका प्रधानमन्त्रीका प्रेश सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुभयो , ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था समान्य रहेको छ । आज बिहान चिकित्सकहरुको टोलीसँग मैले पनि गएर भेटे । राम्रोसँग कुरा गरे । उहाँले आफु चाडै काममा फर्कने आत्मविश्वास देखाउनुभयो ।’
प्रधानमन्त्री ओलीलाई बुधबार अस्पताल भर्ना गरिएपछि उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री ओलीललाई भेट्न अस्पताल पुग्नुभएको थियो।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार दोस्रोपटक एन्टिबडी क्लिन गरेर केही घण्टाको आरामपछि डिस्चार्ज गर्ने तयारी भएको छ ।







प्रतिक्रिया दिनुहोस्