ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलमलाई ०७५ वैशाखमा पक्राउ गर्न ताकेता गरिएको थियो तर यस्तो कारणले रोकिएको थियो


एबीसी न्यूज
कार्तिक ७, २०७६ बिहीबार  १२ : ४८ बजे

 


काठमाडौ , ७ कात्तिक । अत्तरको बासना ढोकासम्मै मगमगाइरहेको थियो । एउटा विवाहका लागि पिपरा भवानीपुर जाने तयारीमा व्यस्त थिए उनी । घरमा चहलपहल निकै थियो । सहयोगीहरूमध्ये कोही लुगामा आइरन लगाइरहेका देखिन्थे भने कोही जुत्ता पालिस गरिरहेका थिए ।

एकजना सहयोगीले सानो कैचीले जुँगा मिलाईदिदै थिए । उनीसँगै पिपरा भवानीपुर जानका लागि बाहिर १५–२० वटा मोटरसाइकलमा कार्यकर्ताहरू तम्तयार भएर बसेका थिए । यो कुनै फिल्मको दृश्य होईन । १२ वर्ष अगाडी रौतहट नरसंहार काण्डका नाइके महम्मद अफ्ताव आलमलाई गिरफ्तार गर्न प्रहरी पुग्दाको दृश्य हो यो ।

माथिको आदेश पाएपछि रौतहट जिल्ला प्रहरी कार्यालय गौरबाट आलमलाई नियन्त्रणमा लिन डिएसपी नविन कार्कीको कमाण्डमा एक टोली खटाईएको थियो । दुईदिनको रेकीपछि पुगेको टोलीले आलमको घर पुग्नासाथ सोधपुछ शुरु गर्यो –डिएसपी नवीन कार्कीले बाहिरैबाट एकजना सहयोगीलाई सोधे, ‘मान्यज्यू होइसिन्छ रु’ उनले जवाफ दिए, ‘मन्त्रीजी त लुगा लगाइरहनु भएछ’ ‘मान्यज्यू’ चाहिँ घर भित्रैबाट कराउन थाले, ‘ए, तिमीहरू मलाई नसोधी किन आएको रु’ यसपछि इन्स्पेक्टर पप्पु नायक रन्किए, ‘साले, अपराधीलाई सोधेर आउनुपर्ने‘रु’ ‘मान्यज्यू’ पड्किन थाले, ‘अरे, को अपराधी छ रे यहाँ ?’

उनले यति भन्न पाए । ढोकादेखि नै शुरु भएको भनाभन क्रमशः चर्किंदै गयो । यति भनेपछि डिएसपी कार्कीले भने ‘हजुरलाई लिन आएको, जिप्रका जाऔँ ।’

आलमले ‘किन जाने म रु’ भन्दै अस्वीकार गरे । डिएसपीले पक्राउ पुर्जी देखाएर भने, ‘हाम्रो गाडीमा चढौँ ’ आफ्तावले ईन्कार गरे । ‘गुण्डागर्दी गर्ने रु सर्वोच्च अदालतले मुद्दा नचलाउने भनेको छ । त्यहीमा पुर्जी ल्याएर आउने ?’ यसो भन्दै उनी कसैलाई फोन डायल गरिरहेका थिए ।

यस्तैमा इन्स्पेक्टर पप्पुले मोबाइल खोसेर हत्कडी निकाले । यतिञ्जेलमा धेरै मान्छे भेला भइसकेका थिए । डिएसपीले भने, ‘पहिला जिप्रका जाऔँ, अनि उतै कुरा गरौँला ।’ आफ्तावले ‘एसपीलाई यहाँ पठाउनुस् । म मन्त्री भएको मान्छे किन पुलिसको थानामा जाने’ भन्दै गलफत्ति गर्न थाले ।

प्रहरीको गाडीमा पनि चढ्न मानेनन् । इन्स्पेक्टरले वाकिटकीबाट कन्ट्रोललाई कल गरे, थप मद्दत टोलीलाई मुभ गराइदिनु भनेर । यसपछि पुलिसले तानेर भए पनि लैजान्छ भन्ने प¥यो होला, बल्ल आफ्ताव गले । भने, ‘मेरै गाडीमा गए हुँदैन ?’ त्यसपछि उनैको गाडीमा इन्स्पेक्टरसहित पाँच जनाले बीचमा राखेर जिप्रका पु¥याईए ।

घरबाट जिप्रका पुग्दासम्म प्रहरीलाई यति धेरै मुख छाडे कि, एकजना प्रहरी झापड हान्ने पोजिसनमा पुगिसकेका थिए, तर इन्स्पेक्टरले औँलो तेस्र्याएर चेतावनी दिएपछि हात तल झारे ।

यसरी अहिले पक्राउ पुर्जी जारी भएको मुद्दा ०६४ सालको थियो, बमको छर्राले घाइते भएका कार्यकर्तालाई जिउँदै इँटा भट्टामा हालेर जलाइएको थियो । तर, पक्राउपछि उनीमाथि अर्को मुद्दा पनि लाग्दैछ, अपहरणको । ०५७ सालमा जतिबेला उनी गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा बन राज्यमन्त्री थिए, मुद्दा त्यहीसमयको हो ।

उनले त्यतिबेला सामान्य विवादमा रौतहटका जिविस सदस्य जयप्रकाश कौशललाई अपहरण गरी काका शेख इद्रिसको घरमा बन्धक बनाएका थिए । घरको सिलिङ फ्यानमा उल्टो झुण्ड्याएर तीन दिनसम्म अमानवीय यातना दिएका थिए ।

यो कुरा त्यतिबेला संसदमा नउठेको होईन तर सरकारले जवाफ दिएन । प्रमुख प्रतिपक्षी एमालेले यही कारण तीन दिनसम्म बैठक अवरुद्ध गरेपछि पुनरावेदन अदालतका न्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा छानबिन समिति समेत गठन भयो । छानविन समितिले दिएको प्रतिवेदनले अपहरण ठहर गरेपछि राज्यमन्त्रीबाट हटाइए ।

तर, कारवाही योभन्दा अगाडि बढ्न सकेन । माधव नेपाल प्रधानमन्त्री हुँदा काँग्रेसबाट प्राप्त लिष्ट र सत्ता समिकरणको बाध्यताका कारण श्रम मन्त्री बनाएका थिए आलमलाई । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ वैशाखमा उनलाई पक्राउ गर्न ताकेता गरेका थिए ।

तर, विभिन्न दबाबका कारण पक्राउ पर्न सकेनन् । त्यसपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिनुभयो, त्यहाँका तत्कालिन एसपी यज्ञविनोद पोखरेल (हाल सुनसरी) लाई जिल्लाबाट तानेर अर्को एसपी पठाउने ।

तर, पूर्वमाओवादी केन्द्रका नेता प्रभु साहले सीधै प्रचण्डकहाँ पुगेर ‘आफ्तावलाई समात्यो भने जातीय हिंसा हुन्छ ।’ भनेपछि त्यसबेलाको पक्राउ गर्ने कुरा त्यसै तुहियो ।

यज्ञविनोदपछि भूपेन्द्र खत्री रौतहट जिल्लाको कमाण्ड गर्न पुगे । भूपेन्द्रले पनि ६ महिनासम्म केही गर्न सकेनन् । तर, प्रहरी संगठन नै अप्ठेरोमा पर्ने स्थिति आएपछि दशैंको टीकाको भोलिपल्टै हेडक्वार्टरको टोली रौतहट पुग्यो । जिल्लाले केही गर्न सकेन, हेडक्वार्टर पुग्नुपर्ने भयो भन्ने पर्ला भनेर टोली गएको भोलिपल्टै आफ्ताव समातिएका हुन् ।

यसरी पक्राउ परेका आलमको अहिले संसद पद निलम्वनमा परेको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com