ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छाडा चौपायाको बिगबिगी : ट्राफिक व्यवस्थापनदेखि दुर्घटनासम्मको समस्या


एबीसी न्यूज

महोत्तरी,२३ असोज । महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ । जथाभावी पशु छाड्ने प्रवृत्ति बढेपछि छाडा पशुको समस्या बढेको हो । छाडा पशु कहिले किसानको खेतमा पुगेर बाली नष्ट गरिदिन्छन् त कहिले सडकमा हिँडेर यातायात अवरुद्ध पार्छन् ।घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशु चौपाया नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा छाडा विचरण गराउने आम प्रचलन बढेसँगै ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनेको छ । बटुवा र स्थानीय पसलेलाई पनि छाडा चौपायाबाट असुरक्षा भइरहेको छ । बटुवाहरू पटक/पटक गाई, साँढे, घोडा आदि चौपायाको आक्रमणमा परेर घाइते समेत भएका छन् ।

बिहान मिरमिरे उज्यालो देखिनासाथै यस्ता पशु पाल्नेहरुले आफ्ना वस्तु फुकाएर बजार, चोकतिर लघार्ने गरेका छन् । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुवस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईवस्तु देखिनु यहाँको आम कुराजस्तै बनेको सर्वसाधारणको गुनासो छ ।

“बजार, चोकतिर हिँड्डुल गर्न डरमर्दो भएको छ”, बर्दिवास–१४ की गृहिणी पुनम महतो भन्नुहुन्छ, “तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।” बर्दिवासमा यिनै छाडा गाई पछ्याउने साढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । राष्ट्रिय महत्वका दशैँ, तिहार र छठजस्ता धार्मिक चाडबाडमा बजार, सडकक्षेत्र सफा गरिनुपर्ने भए पनि छाडा पशु चौपायाले दैनिक रुपमा फोहर बढाएका सर्वसाधारणको गुनासो छ । अहिले दशैँभरिको फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ ।

गाईबाहेक खुला चरनमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०/६० को सङ्ख्यामा आँगन÷आँगन चाहर्ने सुँगुँरको बिष्टा सोहोरेर हैरान भएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ । छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक ९जलेश्वरनाथ महादेव मन्दिर रहेको चोक० नजीककी बासिन्दा देवरती साह बताउनुहुन्छ ।

गाई–गोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भए पनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ । “बाबु पुर्खादेखि नै सुँगुर छोइएन”, जलेश्वर–२ बुद्धिजीवीचोक नजीककी गृहिणी रञ्जु बराल भन्नुहुन्छ, “हामी त यो सुँगुर आतङ्कले आजित नै भयौँ ।” मुस्लिम ९इस्लाम० धर्मावलम्बीको सघन बसोबास भएका बस्तीमा छाडा सुँगुरले सर्वसाधारण झनै आजित भएका छन् । सुँगुर छुन नहुने धार्मिक आस्था भएका मुस्लिम बस्तीमा एकाबिहानै फोहरका डुङ्गुर उध्रिन्दै सुँगुर पस्ने गरेका जलेश्वर–१ का महमुद आलमको गुनासो छ ।

जिल्लाका सबैजसो नगर÷गाउँ क्षेत्रमा छाडा पशु चौपायाका कारण सर्वसाधारण आजित भएका छन् । व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसिरहँदा ससाना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ । “खै कसैले ध्यान दिँदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो रु”, भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवी भन्नुहुन्छ, “नगरपालिका कार्यालयका हाकिम कानमा तेल हालेर सुत्या छन् ।” छाडा चौपायाको जगजगी नगरक्षेत्रमा बढी देखिने गरेको छ । यो जिल्लाको पुरानो समस्या भए पनि स्थानीय तह, स्थानीय प्रहरी प्रशासन र सामाजिक सङ्घसंस्थाबाट समस्या समाधानतर्फ कुनै पहलकदमी नदेखिएको सर्वसाधारणको गुनासो छ ।

यसैबीच जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंह छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताउनुहुन्छ । “छाडा चौपायाका कारण हुने ट्राफिक समस्या हटाउन ट्राफिक प्रहरीको तत्परता त हुनुपर्छ”, संयोजक सिंह भन्नुहुन्छ, “तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि अघि बढाउनुपर्छ ।” घरपालुवा पशु छाडा गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय तहले तत्काल काम थाल्नुपर्ने संयोजक सिंहको भनाइ छ ।

छाडा चौपायाले ट्राफिक समस्या बढेसँगै फोहर थुप्रिने र सर्वसाधारणको सुरक्षा चुनौतीसमेत बढेको गुनासो बाक्लिएपछि जिल्लाको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भन्नुहुन्छ, “छाडा चौपाया नियन्त्रणका लागि कार्यविधि बनाइने तयारीमा छु ।” “हामीले छाडा पशु नियन्त्रणका लागि निश्चित कार्यविधि बनाएर पशुधनीलाई दण्डजरिवाना गर्ने व्यवस्था गर्न लागेका छौँ”, प्रमुख साह भन्नुहुन्छ, “कार्यालय ९नगरपालिका कार्यालय० कै तर्फबाट यस सम्बन्धमा गरिनुपर्ने कामबारे सघन छलफलमा छौँ, उपयुक्त निर्णय हुनेछ ।”

जिल्ला समन्वय समितिका संयोजक सिंह छाडा पशु नियन्त्रणबारे जिल्लाभरिमै एकरुपता ल्याउन आवश्यक भएको बताउनुहुन्छ । “अब जिल्लाका १५ वटै स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच अन्तरक्रिया गरेर साझा नीति अख्तियार गर्न म पनि पहलकदमी लिनेछु”, उहाँ भन्नुहुन्छ । जिल्लाका नगर क्षेत्रका सर्वसाधारणले छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com