ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैं संस्कृतिको महत्वपूर्ण अंग पिङ लोप हुने अवस्थामा, मौलिक परम्परा हराउंदै


admin

नेपाली समाजमा वर्षमा एक पटक भुईं छोड्नु पर्छ भन्ने भनाइ छ । त्यसैले चाडबाडका बेला बनाइएको पिङमा एक पटक भए पनि खेल्ने प्रचलन छ । तर, उत्सव र चाडबाडका बेला मनोरन्जनका लागि खेलिने पिङ भने शहर बजारमा मात्र नभइ गाउँ बस्तीमा समेत लोप हुँदै गएको छ ।

दशैंका बेला मिठोमसिनो खाने, मान्यजनबाट आर्शिवाद लिने मात्र होइन, रमाइलो गर्न पिङ खेल्ने चलन पुरानो हो । गाउँ गाउँ, टोल टोलमा रोटे र लिङ्गे पिङ बनाउने चलन छ । तर, पछिल्लो समय पिङ खेल्ने चलन कम हुँदै गएको छ । नेपाली समाजमा भनाइ छ, ‘असारमा हिलोमा पस्नु असोजको बेला भुँई छोड्नु’ । असारमा धान रोप्न हिलोमा पस्ने र असोजमा लिंगे वा रोटेपिङ खेल्ने सयौं बर्ष पुरानो चलन हो । तर समयसँगै यस्ता मैलिकता परम्परा एवं संस्कृति हराउँदै गएको छ ।

आधुनिक प्रविधि र मनोरञ्जनका अनेक साधनको स्थापनाले नेपाली मौलिक महत्व बोकेको पिङलाई अहिलेको पुस्ताले बिर्संदै गएका छन् । वर्षमा एक पटक धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन आधुनिक जीवनशैलीसँगै हराउँदै गएको संस्कृतिबिद गोविन्द टण्डन बताउनुहुन्छ ।

चाडबाडका बेला आफन्तसँगै पिङ खेल्ने र पिङ खेल्ने स्थानमा आफन्त, साथीसंगीसँग भेटघाट गर्ने चलन छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । युवायुवती तथा प्रौढहरु टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्न पुग्छन् । वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर लिङ्गे पिङ मच्चाउँछन् । जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ । पिङ खेल्नाले खेल्ने मान्छेलाई त शारिरीक व्यायम हुनुका साथै धकेल्ने मान्छेलाई पनि व्यायम हुने चिकित्सक बताउँछन् ।

पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ । समय प्रविधिको विकाससँगै मानोरन्जको साधन फेरिएर होला पिङ खेलेर मनोरन्ज लिने जमात पनि कम हुँदै गएको छ । यस्तै हो भने भावी पुस्ताले दसैं तिहारजस्ता चाडबाडमा पिङ राख्ने चलनललाई भिडियो र तस्बिरमा मात्र देख्ने दिन आउन सक्छ । त्यसैले आफ्नो संस्कृति बचाइराख्न हामी आफैं लाग्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com