ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने– प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौं, १५ असोज । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् ।

प्रधानमन्त्री ओलीले एक्काइशौँ शताब्दीमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्यको सवाललाई प्राथमिकता दिँदै यस अभियानमा सामेल हुन आह्वान गर्दै आउनुभएको छ । प्रधानमन्त्रीको सङ्कल्पले स्वयंसेवी रुपमा कार्यरत आफूहरुलाई उत्साहित तुल्याएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

सो संस्थाले मुलुकका १४ जिल्लामा आश्रयम खोली करीब ८०० बेसहारालाई सडकबाट उद्धार गरी पालनपोषण गरिरहेको छ । अध्यक्ष अधिकारीले रासससँग भन्नुभयो, “सीमित स्रोत साधनको प्रयोग र जनमत सङ्कलन अभियानबाटै कुनै पनि दातृ निकायको शर्तको सहयोग नलिई देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा बोध गराउन सक्नुपर्छ । प्रधानमन्त्रीको घोषणाले हामीलाई थप उत्साह दिएको छ, सरकारले पूर्वाधार र जनशक्ति विकासका लागि प्रबन्ध गर्ने हो भने ‘सडक मानवमुक्त नेपाल’ चाँडै सम्भव छ ।”

अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले प्रधानमन्त्री ओलीको सङ्कल्प स्वागतयोग्य भएकाले यसलाई व्यवहारमा उतार्न जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजोका शासकहरुले पनि यस्तो कुरा भन्थे तर गरेनन् । अहिलेका कम्युनिष्ट सरकारले नागरिकले आत्मसात् गर्न सक्ने गरी यस्ता अभियान चलाउनुपर्छ ।”

‘हरेक दिन एक कदम अगाडि’ नाराका साथ बोकेर सरकारले ल्याएका नीति, कार्यक्रम र बजेटमा मानसेवा र बेसहाराको हेरचाहको नीति लिइएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ‘बेसहारा, अशक्त, अपाङ्गता भएका व्यक्ति सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्न अभिभावकको उत्तरदायित्व र जिम्मेवारीसम्बन्धी कानून निर्माण गरी परिवारका सदस्य सडकमा छाडी बेवारिसे बनाउने अभिभावक तथा संरक्षकबाटै आवश्यक संरक्षण दिने व्यवस्था मिलाइने उल्लेख छ ।

“मानव सेवामा संलग्न संस्थाहरुमार्फत् असहाय, बेवारिसे, सङ्क्रमित र आश्रयहीनलगायत सबै सहयोगपेक्षीको आश्रय, संरक्षण र हेरचाह गर्ने व्यवस्था मिलाइने छ” वक्तव्यमा भनिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलले त्यस्ता बेसहारा नागरिकको तथ्याङ्क यकिन नभए पनि यस क्षेत्रमा कार्यरत संस्थालाई सरकारले सहयोग गरेर काम गरिरहेको बताउनुभयो । उहाँले सो शीर्षकमा पर्याप्त बजेट नभएको स्थितिमा प्रधानमन्त्रीको सङ्कल्पका आधारमा थप कार्यक्रम बनाउनुपर्ने प्रतिक्रिया दिनुभयो ।

हाल मुलुकभर पेसेवर मगन्तेबाहेक करीब एक हजार बेसहारा रहेको अनुमान छ । यसमा सडक बालबालिका र मानसिक सन्तुलन गुमाएकाको सङ्ख्या बढी छ । राष्ट्रिय बालअधिकार परिषद्ले सोमबार मात्रै ५४ सडक बालबालिकाको ठमेल, रत्नपार्क र नयाँ बसपार्कलगायत क्षेत्रबाट उद्धार गरेको थियो । प्रधानमन्त्री ओलीले यही असोज १२ गते भक्तपुरको कौशलटारस्थित निर्मित मानवसेवा आश्रमको शाखा उद्घाटन कार्यक्रममा सबै स्थानीय तहले यस अभियानमा लाग्नुपर्ने आग्रह गर्दै उक्त संस्थाको अक्षय कोषका लागि रु एक करोड केन्द्र सरकारले दिने घोषणा गर्नुभएको थियो ।

सो संस्थाका अध्यक्ष अधिकारीले आगामी २०८२ सालभित्र नेपाललाई बेसहारा, सहयोगापेक्षी र सडक मानवमुक्त बनाउन सकिने बताउँदा प्रधानमन्त्री ओली त्यति लामो समय नलाग्ने र केही वर्षभित्र अभियान सफल हुने उल्लेख गर्नुभएको थियो । त्यसको भोलिपल्ट प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय निवासको ललितपुरको सैँबुमा भवन शिलान्यास कार्यक्रम र सोही दिन खानोपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले ‘सडक मानवमुक्त’ अभियान सञ्चालनबारे बोल्नुभएको थियो ।

यही असोज १४ गते सांसद् शान्ता चौधरीको गीति एल्बम कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले कलाकर्मीलाई साक्षी राखे र उक्त विषयलाई प्राथमिकता दिनुभएको थियो । गायक शिशिर योगीको ‘यो देशमा म एउटा मानिस खोजिरहेछु।।।’ गीत सुनेपछि प्रधानमन्त्री ओलीले ‘त्यस्तो मानिस खोज्नतिरभन्दा त्यस्तो मानिस बन्नतिर सबै लाग्नुपर्छ’ भन्दै नेपाललाई ‘सडक मानवमुक्त’ बनाउन सरकार लागिपरेको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीको आग्रह थियो, “सडकमा कोही खान, लाउन नपाएर बेसहारा भएर बसेको छ भने सरकारलाई तुरुन्त खबर गर्नुहोला, हामी तिनलाई संरक्षण र हेरचाहको उचित प्रबन्ध गछौँ । अब केही वर्षपछि नेपालको सडकमा कोही पनि स्वदेशी मगन्ते देखिने छैन । विदेशी आएर माग्न थाले बेग्लै कुरा हो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com