ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलम्बियामा ग्रिनेड आक्रमण, १६ जना घाइते


एबीसी न्यूज
आश्विन ६, २०७६ सोमबार  १ : ३५ बजे

कोलम्बिया, ६ असोज । मध्य अमेरिकी राष्ट्र कोलम्बियाको एउटा प्रहरी जाँच चौकीमा भएको ग्रिनेड आक्रमणमा कम्तीमा १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देशको उत्तरतर्फ रहेको सार्डिनाटा शहर नजिकै लस मर्सिडेजमा शनिबार अबेर राति उक्त आक्रमण भएको हो । उक्त नगर क्षेत्रमा स्थानीयबासी एउटा धार्मिक समारोहमा सहभागी भइरहेका बेला ग्रिनेड हमला गरिएको थियो ।

प्रहरी अधिकृत फाबियान ओस्पिनाले आक्रमणबाट १४ जना स्थानीयबासी र दुई जना प्रहरी घाइते भएको जानकारी दिनुभयो । अर्को घटना नहोस् भन्नका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको पनि ओस्पिनाले बताउनुभयो । सार्डिना नजिकैको टिबु नगर क्षेत्रमा पनि प्रहरीको गस्ती टोलीमाथि आक्रमण भएको थियो । तर उक्त घटनामा कोही पनि घाइते भएका छैनन् ।

घटनास्थलबाट प्रहरीले कोलम्बियाली क्रान्तिकारी सशस्त्र समूह फार्कका सैनिक कमान्डर भिक्टर सुवारेजको मृत्युसँग सम्बन्धित तस्वीर रहेका पर्चा बरामद गरेको छ । सरकार र वर्षौं छापामार युद्ध लडेको सशस्त्र समूह फार्कबीच सन् २०१६ मा शान्ति सम्झौता भइसकेको छ । सुवारेजको सन् २०१० मा सरकारी फौजसँगको भिडन्तमा मृत्यु भएको थियो ।

शान्ति सम्झौता पश्चात् फार्क समूह शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । यस समूहका व्यक्तिहरु अहिले कोलम्बियाको संसदमा समेत निर्वाचत भएका छन् । तर पछिल्लो समय फार्कका कतिपय नेताले शान्ति सम्झौताका शर्तहरु सरकारले पूरा नगरेको भन्दै हतियार उठाउने धम्की दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com