ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर


admin

काठमाडौँ, १४ कात्तिक ।  नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।

उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गर्नुभयो ।

सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक सहकार्य, प्रविधिमा सहकार्य विस्तारका लागि तेस्रो मुलुकमा पनि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । दुई संस्थाबीच सन् १९९३ मा भएको सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

विभिन्न आठ बुँदामा भएको सहमतिमा दुवै पक्षको चासो र हितलाई विस्तार गर्न सहजीकरण गर्दै अघि बढ्ने, व्यापारी प्रतिनिधि आदानप्रदान गर्ने, साझा विषयलाई आदानप्रदान गर्नेजस्ता विषय उल्लेख गरिएको छ ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री थापाले अष्ट्रिया र नेपालबीच भएको औैद्योगिक ज्ञान, सिप तथा प्रविधिलाई आदान÷प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रहसमेत गर्नुभयो ।

मन्त्री थापाले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्नका लागि द्विपक्षीय उच्च भ्रमण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले केबलकार अष्ट्रियाको प्रविधि विश्वकै उदाहरणीय भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा सिके पौडेल र उद्योग सचिव यामकुमारी खतिवडाले राजनीतिक तथा नीतिगतरुपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको भन्दै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिजीट ओपिङ्गरले आफ्नो मुलुकका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिएको जानकारी दिँदै आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालमा संविधान जारी भई कार्यान्वयनको चरणमा शान्तिपूर्ण तवरले निर्वाचन भइरहेको उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक स्थायित्व र दोस्रो पुस्ताको नीतिगत सुधारबाट नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ ।”

अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले लगानीका लागि नेपाल उपयुक्त अवसर भएकाले त्यसको अवसर लिन आफ्नो देशका उद्योगी आतुर रहेको उल्लेख गर्दै लगानीलाई आगामी दिनमा थप विस्तार गर्ने बताउनुभयो । नेपालमा लगानीको अवसर खोज्ने क्रममा अष्ट्रियन इकोनोमिक च्याम्बरका प्रतिनिधि तथा त्यहाँका उद्योगी नेपाल भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

स्पेनका पूर्वप्रधानमन्त्री लेख्छन् : ‘ट्रम्पको दृष्टिकोण विश्वस्तरमा अलगाववादी’

भारत, ट्रम्प २ः० बाट लाभान्वित भइरहेको छ

अर्को आणविक युगको लागि तयार होऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com