ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादको नयाँ झण्डा फहराएरै छाडिन्छ– अध्यक्ष ‘प्रचण्ड’


एबीसी न्यूज

काठमाडौं,  २१ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालबाट समाजवादको नयाँ अध्याय शुरु भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ । त्यसमा कुनै पनि तलमाथि हुने छैन ।”

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, “म सबैलाई आग्रह गर्न चाहन्छु । एक डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन । यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ । जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ ।”

विश्वका विभिन्न देशमा प्रयोग भएको समाजवादको अन्ध नक्कल गरेर कही पनि नपुग्ने भन्दै उहाँले नेपालको सापेक्षतामा मौलिक ढङ्गको समाजवादको झण्डा स्थापित गरेरै छाडिने उहाँको थप जोड थियो । नेकपाका नेता डिपी ढकालद्वारा लिखित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तकको सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले नेपालमा कस्तो ढाँचाको समाजवाद स्थापना गर्ने भन्नेबारेमा आफूहरु सबै अग्निपरीक्षामा रहेको बताउनुभयो ।

आफूले हिम्मत गरेर नै पार्टी एकतालाई अगाडि बढाएको उल्लेख गर्दै उहाँले समाजवादलाई समेत लागू गरेरै छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वका सबैखाले अनुभवलाई केन्द्रमा राखेर नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरु लागेको र विशाल कार्यकर्ताको पङ्क्तिले बहस र छलफल गरेर त्यसलाई थप समृद्ध पार्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले आगामी दशक समाजवादको दशक हुने भएकाले त्यसलाई सफल बनाउन थप एकता, थप सुदृढ पहल जरुरी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले कुनै पनि दायाँबायाँ नगरी नेपाली जनतालाई साथमा लिएर समाजवादको नयाँ यात्रामा निस्कनसमेत नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले समाजवादको झण्डका कुनै पनि हालतमा झुक्न नदिने उल्लेख गर्दै भन्नुभयो, “हिजो देखेको सपना तथा हामीले भन्दै आएको वैज्ञानिक समाजवादको झण्डा कुनै पनि हालतमा भुक्न दिइँदैन बरु थप सुदृढ बनाइन्छ ।” कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको आफ्नै मौलिक खालको समाजवादी अवधारणका लागि सबैको सार्थक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजवादी आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन नीति, कार्यक्रम र योजनासमेत सोहीअनुसारको तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले दलाल पूँजीवादी चरित्र अंगाल्ने कि समाजवादी चरित्र अंगाल्ने भन्नेमा नै दुविधा जस्तो देखिएका कारण जनतामा अन्योलता बढेको बताउनुभयो । प्रजातन्त्र, लोकतन्त्रको नाममा हुने चुनाव पद्दतिमा नै कही न कतै समस्या रहेको भन्दै उहाँले त्यसले क्रान्तिका पक्षमा भन्दा पनि दलाल पूँजीवादको पक्षमा पृष्ठपोषण गरेकाले निर्वाचन प्रणाली नै बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वाम विश्लेषक हरि रोकाले कम्युनिस्ट सरकारले जनताका न्यूनतम आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिनुभयो । ठूलाठूला सपनाभन्दा पनि साना सामान कामबाट जनताकोे विश्वास जित्न उहाँले नेकपा र वर्तमान सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा डा कुसुम शाक्य र समाजशास्त्र विभागका प्राध्यापक युवराज लुइँटेलले ढकालको पुस्तककाबारेमा समीक्षा गर्नुभएको थियो । विश्व अर्थतन्त्र, समाजवाद, पूँजीवाद र नेपालको अर्थप्रणालीको साङ्गोपाङ्गो विषय समेटिएको उक्त पुस्तकलाई जागरण बुक हाउसले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com