ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरमा क्यान्सर रोग परिक्षणका लागि स्वास्थ्य शिबिर


एबीसी न्यूज
भाद्र २१, २०७६ शनिबार  ३ : ०९ बजे

ललितपुर,  २१ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ३७ औं वार्षिकोत्सबका अबसरमा शनिबार ललितपुरमा वृहत स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ ।

सहिद धर्मभक्त स्कुल नख्खुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोग परिक्षण आयोजना गरेको हो । शिबिर नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले संस्थाले आफ्नो ३७ औं स्थापना दिवसकका अबसरमा हरेक वर्ष झै यस बर्षपनि सर्वसाधारणको स्वास्थ्यवस्थालाई ध्यानमा राखि स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । उनले यस कार्यक्रमबाट क्यान्सर के हो र यसबाट बच्नका लागि गर्नुपर्ने उपायहरुकाबारे महिलाहरुलाइ जानकारी दिने उदेश्यकासाथ शिबिर आयोजना गरेको जानकारी दिए ।

संस्थाले आफ्नो ४५ वटा जिल्ला शाखाहरु मार्फत यस किसिमको कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको बताए । संस्थाले क्यान्सर रोगबाट बच्न आफ्नो दैनिकी जीवन लाई परिवर्तन गर्न सकेको खण्डमा यस रोग बाट बच्न सकिने हुँदा आफ्नो खानपिनमा ध्यान दिन आग्रह गरेको छ । संस्थाका अध्यक्ष श्रेष्ठले यस कार्यक्रमलाई निरंतरता दिदै आइ रहेको माथेमा सामाजिक गूठी, महिला समूह परिवार तथा मिरा माथेमाप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उक्त शिबिरमा क्यान्सर रोग विशेषज्ञ डा।सुशीला बैद्य र डा। सबिता पौडेलले स्वास्थ्य परिक्षण गरेका थिए । शिबिरमा २५५ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा संस्थाका महासचिव बिमल कुमार होडाले संस्थाबाट यस किसिमको कार्यक्रम लाई अझ बृहत रूपमा लाने बताउनु भयो ।

नेपाल अर्वुद रोग निवारण संस्था ललितपुर शाखाका सचिब केदार कार्कीले ललितपुर शाखाको आफ्नै भवन लगनखेलमा क्यान्सर डाईनिस्टिक सेन्टर संन्चालनमा ल्याउने बताए । उक्त कार्यक्रममा माथेमा समाज गूठीका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

लोकतन्त्रको उपेक्षा ः कांग्रेस नेता, किरण, एमाले नेता, शान्ती , नेकपा नेता, कुँवर । भिडियो

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com