काठमाडौं,१ बैशाख । नयाँ वर्ष कै दिन मात्र फुल्ने अचम्मको फुल सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक स्थल सलहेश फूलबारीमा फुल्ने गर्दछ ।
हरेक नयाँ वर्षको वैशाख एक गते फुल्ने त्यस फुलको दर्शन गर्न मसलहेश फूलबारीमा एक दिन मात्र फुल्ने फूलको दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा हुने गर्दछन ।
राजा सलहेश र उहाँकी प्रेमिका मालिनीको प्रेम(प्रतीकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फूलबारीको मध्यभागमा हारमको रुखमा प्रत्येक वर्षको वैशाख १ गते एक जोडी माला देखिने गरेको जनविश्वास रहेको छ ।
ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुइँचो लाग्ने गरेको छ ।
राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु बिहानैदेखि आएका छन् ।
पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरुमध्ये सिरहाको सलहेश फूलबारीमा नयाँ वर्षको दिन पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको बिहानदेखि नै ठूलो भिड लाग्ने गरेको छ । हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिनमात्र फूलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै भिड जम्मा हुने गरेको छ ।
यो फूल नयाँ वर्षका अवसरमा मात्र फुल्ने भएकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको ठूलो भिड लाग्ने गरेको छ । सलहेश फूलत्रारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरु बताउँछन ।
सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकांक्षा, सन्तान प्राप्ति, चर्म रोग, कुष्ठ रोगलगायतका रोग निको हुने जनविश्वास रहेको छ । फूलबारीभित्र दुर्लभ जातिका जडिबुटीहरु खोज्न भारतको विहार, पश्चिम बंगाल, नेपालको
प्रतिक्रिया दिनुहोस्