ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी सम्मेलन हतारमा भयो, कानुनी सुधार भइसकेको छैन: युवराज खतिवडा


एबीसी न्यूज

काठमाडौं, १४ वैशाख ।पूर्व अर्थमन्त्री युवराज खतिवडाले तेस्रो लगानी सम्मेलन हतारमा गरिन थालेको बताएका छन्। राजधानीमा गरिएको एक छलफल कार्यक्रममा खतिवडाले कानुन बनाउने समय राखेर असोजमा लगानी सम्मेलन गर्नु पर्नेमा कानुनी सुधारको काम नसकी लगानी सम्मेलन राखिएको बताएका हुन्।सरकारले ऐन संशोधन गर्न अध्यादेश लिए पनि अन्तत संसदबाट नै ऐन पारित गर्नुपर्ने भएकोले प्रक्रिया मात्रै भएको बताए। ऐनसँग जोडिएका नियमावलीहरू पनि आउन ढिलाइ हुने कारणले पनि कानुनी सुधारले पूर्णता नपाएको उनको भनाइ छ। त्यस्तै अध्यादेशमा आए बाहेकका धेरै कानुनहरू सुधार गर्नुपर्ने आवश्यकता रहेको खतिवडाले बताए।उनले ठूला परियोजना र लगानीको आवश्यकता पूर्ति गर्नको लागि वैदेशिक लगानी आवश्यक रहेको बताए।

निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्नको लागि धेरै सम्भावना रहेको उनको भनाइ छ। पूवार्धार नबन्नु नै लगानी ल्याउने बाधक होइन, त्यही पूर्वधारमा लगानी गर्ने सम्भावना हुन्छ, पहिले बत्तिनै छैन कसरी लगानीकर्ता आउँछन् भनिन्थ्यो, पछि ऊर्जा क्षेत्रमा लगानी आयो, बाटो औद्योगिक पार्क लगानीकर्ताको लागि लगानीको सम्भावना पनि हुन्, खतिवडाले भने।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले लगानी सम्मेलन जस्ता कार्यले लगानीको वातावरण बनाउन सहयोग पुग्ने बताए। उनले सम्मेलनको तयारी गर्ने क्रममा धेरै कानुनहरूको संशोधन गरिएको, निजी क्षेत्रसँग छलफल गरिएको, लगानीका बाधाका विषयमा बहस गरिएको जस्ता कुराले लगानी सहजीकरणमा सहयोग पुग्ने बताए।

सरकारले आफ्नो चाहनाका परियोजनाहरू सम्मेलनमा सोकेस गरेको बताउँदै लगानीकर्ताको चाहना पनि यी परियोजनामा परे लगानी जुटाउन सहयोग पुग्ने बताए। लगानीको वातावरण बनाउनको लागि पनि यस्ता किसिमका सम्मेलनहरू आवश्यक हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com