काठमाडौं,२९ कात्तिक । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि न्याय नपाएको भन्दै धर्नामा बसेका निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रिएको छ ।
घटना भएको लामो समय बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारले आइतबारबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए ।
पाँच दिनदेखि निरन्तर रुपमा धर्नामा बसेका कारण पछिल्लो समय निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको बताइएको छ । चिसोका कारण पीडित परिवारमा रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका छन् ।
आफूहरु छोरीको न्यायका लागि धर्नामा बसे पनि सरकारी पक्षबाट कुनै वास्ता नभएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताउनुभयो । यता, चिसोका कारण निर्मलाका बुवा यज्ञराजको अवस्था निकै कमजोर भएको छ ।
प्रतिक्रिया दिनुहोस्