बाजुरा ४ साउन । बिहिबार राति परेको अबिरल बर्षाले सदरमुकाम मार्तडीमा एक दर्जनौ घर भत्कीएको छ । घर भत्किए पनि मानबिय क्षेती नभएको प्रहरीले बताएको छ । भत्कीएका घरको सामान निकाल्न तथा नेपाली सेना नेपाल प्रहरी र स्थानियहरु उद्दार कार्यमा लागेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले बताएका छन ।
स्थानि काशी प्रसाद जोशी घर राति ३ बजेतिर भत्किएको बताएको छ । राति सुतिरहेका बेला घर भत्किए पनि मानबिय क्षेति भने नभएको प्रहरी नायव उपरीक्षक बोहोराले बताएका छन । घरको अन्य क्षेति बिवरण भने आउन सकेको छैन ।बिहिबार रातिदेखि परेको अबिरल बर्षाले बाजुराको सडक दोस्रो पटक अबरुद्ध भएको छ । पहिरोका कारण बाजुरा सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्ड अबरुद्ध भएको हो । यस अघि असार ११ गते परेको अबिरल बर्षाले सडक अबरुद्ध भएको थियो । पटक पटक सडक अबरुद्ध हुदा बाजुरा बासीले सास्ती बेहोर्नु परेको स्थानियले बताएका छन ।
बर्षाले बाजुराको ताप्रीसेरन देखि सदरमुकाम सम्मको पिच सडकमा धेरै पहिराहरू आए पछी सडक पुन अबरुद्ध भएको छ । यता जिल्ला प्रशासन कार्यालय बाजुराले सडक खुलाउन स्काईभेटर लगाई सकिएको आजै सडक संचालनमा आउने बताएको छ । जिल्लामा निरन्तर अविरल बर्षाका कारण सांफे मार्तडी सडकका विच विचमा पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सागर बोहराले बताएका छन् । सदरमुकाम मार्तडीसम्म पक्कि सडक बनेको ३ महिना नपुग्दै यसरि सडक छेद विच्छेद भएर विग्रिएपछि सदरमुकाम मार्तडीबाट धनगढी, नेपालगन्ज, महेन्द्रनगर काठमाडौ लगायतका ठाउँमा जाने सवारी साधान र यात्रीहरूलाई समस्या भएको स्थानियले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्