काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताउनुभएको छ ।
सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने समेत उहाले बताउनुभयो । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा सभापति देउवाले मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकले जनताका अधिकारहरु खोस्दै गरेको बताउनुभयो । सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै उहाँले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको समेत बताउनुभयो ।
उहाले सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्