ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन भरतपुरका केही स्थानमा निषेधाज्ञा जारी, बाहिरबाट आएका प्रदर्शनकारीलाई स्वविवेकले चितवन छाडेर जान सुझाव


एबीसी न्यूज
भाद्र २, २०७६ सोमबार  १० : ५९ बजे


काठमाडौं, २ भदौ ।  पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनामाथि छानबिन र कारबाही नगर्न दबाब दिँदै निरन्तर प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले चितवन भरतपुरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा भेला भएर नारा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको हो ।

अस्पताल सिटीमा रुपमा चिनिने भरतपुरको उक्त क्षेत्रमा धेरै अस्पताल तथा स्वास्थ्य संस्था छन् । दिनदिनैको प्रदर्शनले बिरामी मर्कामा परेकाले प्रदर्शनमा रोक लगाइएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । ‘अराजकहरुको प्रदर्शनका कारण बिरामी मर्कामा परेकाले प्रदर्शनमा रोक लगाएका छौं’, मल्लले भने, ‘प्रदर्शन नरोकिएसम्म यो क्रम जारी रहन्छ ।’

२० साउनमा नारायणगढको एक होटलमा आत्महत्या गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्यु रोज्न बाध्य भएको बताएका थिए । सोही कारण लामिछानेलाई प्रहरीले पक्राउ गरी चितवन लगेको हो । हाल आरोपी तीनैजना अदालतको अनुमतिमा प्रहरी हिरासतमा छन् ।

लामिछाने सहितमाथिको अभियोगमा छानबिन नगर्न र कारबाही नगर्न माग गर्दै भरतपुर क्षेत्रमा केही दिनयता राजधानी र मुलुकका अन्य केही भागबाट गएको समूहले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

एसपी मल्लले प्रहरी छानबिन प्रभावित गर्ने गरी दबाब दिने उद्देश्यले जारी प्रदर्शन अराजक बनाउन खोजिएको सूचना पाएको भन्दै यदि त्यस्तो भए चितवन बाहिरबाट आएका सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फकाईदिने चेतावनी दिए ।

‘भिडले कसलाई कारबाही गर्ने, कसलाई नगर्ने भन्ने निक्र्यौल गर्ने होइन’, उनले भने, ‘कानूनी आधार र प्रमाणका आधारमा पक्राउ गरिएको हो । अपराधमा संलग्न आरोप लागेकालाई छानबिन गर्नै पाइँदैन भन्ने अराजक भिडले विवेक गुमाउँदै गयो भने समातेर आ–आफ्नो घर ठेगानामा लगेर छोडिदिन्छौं ।’ मल्लले त्यसअघि स्वविवेकले चितवन छाडेर जान पनि प्रदर्शनकारीलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

सम्बन्धित

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com