ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगलका यौन कर्मी होटेलमा केन्द्रित भएपछि रौतहटमा यौन ब्यापार बढ्यो  


एबीसी न्यूज

 

 रौतहट,  २ साउन । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ । राजमार्ग केन्द्रित यौन वयवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको हो ।

पहिला धन्सार–लमाह खण्डको जंगलमा यौन सम्पर्क गराउने युवतीहरू अहिले होटलमा केन्द्रित भएका छन् । ट्रक तथा मोटरसाइकल चालकहरूलाई जंगलमै यौन सम्पर्क गराउने युवतीहरू केही समययता होटल तथा लजहरूमा देखिन थालेको स्थानीयले बताएका छन् । जंगलमा असुरक्षा र प्रहरीको तारो बन्ने डरले उनीहरूको रोजाइमा होटल तथा लज परेको स्वयं उनीहरू बताउँछन् । चन्द्रपुरका कतिपय होटल तथा लजहरूले बाहिरबाट सम्पर्क गरी यौनकर्मीलाई बोलाएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीहरूले आर्थिक लाभ लिनका लागि बाहिरबाट युवती, महिला, किशोरीहरू बोलाएर यौन सम्पर्क गराउने गरेका छन् ।

इलाका प्रहरी कार्यलयले एक वर्ष पहिला होटलबाट युवायुवतीलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको थियो । तर, हाल आएर प्रहरीले त्यसतर्फ ध्यान नदिएको सरोकारवाला बताउँछन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ । पछिल्लो समय एक समस्याका रूपमा यौन व्यवसाय देखापरेको स्थानीय बताउँछन् । प्रायः गरी दिनमा यौनकर्मीहरू समय तोकेर होटलमा बस्छन् । होटल तथा लज सञ्चालकहरूले मोबाइलमार्फत ग्राहक खोजेपछि यौनकर्मी बोलाउने गर्छन् । कतिपयले त कोठामा नै राखेर ग्राहकसँग मोलमोलाई गर्ने गर्छन् । त्यस्ता ग्राहकहरूले घण्टाको हिसाबमा पैसा दिन्छन् । यस्ता ग्राहकबाट होटल तथा लज सञ्चालकलाई धेरै मुनाफा हुन्छ । स्मार्ट सिटीको रूपमा अगाडि बढिरहेको चन्द्रपुरमा यौन व्यवसायका कारण बदनामी हुन थालेको बुद्धिजीवीहरूको भनाइ छ ।

उनीहरूले यसतर्फ प्रशासनले चासो देखाउनुपर्ने बताएका छन् । होटल व्यवसायी संघ, रौतहटका अध्यक्ष देवेन्द्र अर्यालले केही होटल तथा लजहरूमा यौन व्यवसाय हुने गरेको आफुले सुनेको बताए । उनले प्रहरीसँग समन्वय गरेर त्यस्ता होटल तथा लजहरूमा अनुगमन गर्ने र यौन क्रियाकलाप गरेको पाइएमा प्रहरीसमक्ष बुझाउने बताए । उनले कुनै होटलमा त्यस्तो गतिविधि भइरहेको भएमा तुरुन्त संघलाई वा प्रहरीलाई जानकारी दिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com