ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोखिमबाट फर्केका किशोरी तालीमबाट बने स्वरोजगार


एबीसी न्यूज

 

कञ्चनपुर, २ साउन । कञ्चनपुरका जोखिमबाट फर्केका र पर्नसक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालीम लिएर स्वरोजगार भएका छन् । माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालीम दिई स्वरोजगार बनाएको हो ।

बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्नसक्ने किशोरीलाई एडभान्स सिलाइकटाइ र होटेल मेनेजमेण्ट तालीम दिएर स्वरोजगार बनाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

“कञ्चनपुरका महाकाली, शुक्लाफाँटा, बेदकोट, भीमदत्तनगर र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका किशोरीलाई माइती नेपालको केन्द्रीय कार्यालयमा पठाई तालीम दिएर दक्ष बनाएका छौँ”ं, संयोजक भट्टले भन्नुभयो ।

एक जना किशोरीलाई सिलाइकटाइ र अन्य २३ जनालाई होटेल मेनेजमेण्ट तालीम दिइएको उहाँले बताउनुभयो । सिलाइकटाइ तालीम पाएका बेलौरीका किशोरीले घरमै पसल राखेर कार्य गरिरहेको र होटेल मेनेजमेण्ट तालीम लिएका पोखरा, चितवन, काठमाडौँ लगायतका होटेलमा वेटरदेखि कुकका रुपमा कार्यरत रहेको उहाँको भनाइ छ ।

सिलाइकटाइको व्यावसायिक कार्यमा लागेका किशोरीलाई सिलाइ मेशिनसहित आवश्यक सामग्री माइती नेपालका तर्फबाट उपलब्ध गराइएको छ । “जोखिमबाट फर्केका दुई जना किशोरीलाई हेल्थ असिस्टेण्ट र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति दिइएका छौँ”, उहाँले भन्नुभयो, “पढाइको सबै खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com