ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषधसहित दुई जना पक्राउ


एबीसी न्यूज
श्रावण २, २०७६ बिहीबार  १ : १० बजे

 

काठमाडौं, २ साउन । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालयको टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प ३२४५ नंको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार भुजेलले पछाडि भिर्ने झोलामा लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध वानरेक्स एक सय एम एलको १०० बोतल फेला परेपछि निजहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबर्जस्तीकरणी मुद्दामा अदालतले दोषी साबित गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । फरार रहेका जिल्ला मकवानपुर हेटाँैडा उपमहानगपालिका–६ बस्ने ४४ वर्षीय पुण्यप्रसाद चौलागार्इंलाई प्रहरीले पक्राउ गरेको हो ।

चौलागाईंलाई जिल्ला अदालत मकवानपुरको मिति २०६९ साल चैत ६ गतेको फैसला र पुनरावेदन अदालत हेटौँडाबाट २०७१ साल असार १७ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय तोकेको थियो ।

जिल्ला प्रहरी टोलीले दुई दिनअगाडि असार ३१ गते पक्राउ गरेको र आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । चौलागाईंलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार भीमफेदी पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com