ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लामै पहिलो स्तनपान कक्ष स्थापना


एबीसी न्यूज

 

काठमाडौं, २ साउन । पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको हो ।

कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त कक्ष स्थापना गरिएको हो । महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले उक्त समस्यालाई मध्यनजर गर्दै कार्यालय हाताभित्रै स्तनपान कक्ष स्थापना गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

“कार्यालयमा महिला सेवाग्राहीको चाप हुने गरेको छ, कतिपय बालबच्चासहित आउनुहुन्छ, विभिन्न सेवा लिन आउँदा केही समय लाइनमा बस्नुपर्ने वा कुर्नुपर्ने हुनसक्छ, त्यस्तो अवस्थामा दुधे बालबच्चालाई स्तनपान गराउन सहयोग पुग्ने र बालबालिकाको आमाको दूध पान गर्न पाउने अधिकारलाई संरक्षण गर्न पनि हामीले यो कक्ष स्थापना गरेका हौँ”, प्रजिअ मरासिनीले भन्नुभयो ।
कार्यालयमा स्तनपान कक्ष स्थापना भएपछि दुधेबच्चासहित महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो भएको कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताउनुभयो । कार्यालयलाई महिलामैत्री बनाउनका लागि पनि यो शुरुआत गरेको उहाँको भनाइ थियो ।

पाल्हिनन्दन–५ की शोभावती हरिजने आफू नागरिकताका लागि केही समयको कुराइमा बस्दै गर्दा स्तनपान कक्षमा बसेर आफ्नो बच्चालाई दूध खुवाउन पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । जिल्लाका अन्य कार्यालय र गाउँपालिका÷नगरपालिकामा पनि यस्ता कक्षको स्थापना गर्नुपर्ने उहाँको सुझाव थियो ।

यसैगरी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नागरिक सहायता कक्ष पनि स्थापना गरेको छ । नागरिकलाई सहज सेवा प्रदान गर्न र कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउनका लागि यो कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट पुरानो सेवा र ढाँचालाई अन्त्य गर्दै सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्दै सन्तुष्ट बनाउने गरी सेवाप्रवाह चुस्त बनाइएको प्रजिअ मरासिनीको भनाइ छ । नागरिक सहायता कक्ष स्थापना भएपछि सेवाग्राहीले पनि सहजता महसुस गरेको नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com