ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले बुढीगंगा नदी थुनिदै, नदी थुनिएमा बाजुरा र अछाम उच्च जोखिममा (भिडियोसहित)


एबीसी न्यूज

अछाम,२ साउन । निरन्तर पहिरो खस्दै गएपछि बुढीगंगा थुनिदै गएको छ । नदी थुनिएमा बाजुरा र अछामका त्रिवेणी र साँफे आसपासका क्षेत्र जोखिममा पर्दै गएका छन् ।यस क्षेत्रका मानवबस्तीसहित कृषि योग्य जमिन डुबानमा पर्ने छन् भने मार्तडी साफे सडक खण्ड अवरुद्ध हुने छ । नदीमा खस्दै गरेको पहिरोले यस क्षेत्र उच्च जोखिममा परेको छ ।

वर्षात शुरु भएसंगै अछामको साँफे र बाजुराको त्रिवणी नगर जोखिममा परेका छन् । त्रिवेणीकौ ९ पैमा र द्धारीमा पहिरो जान थालेपछि बढीगंगा थुनिदै गएको छ । नदीमा पानीको बहाव बद्दै जाने र पहिरो झदै जाने हो, भने बुढीगंगाले आसपासका मानव बस्तीसहित खेतियोग्य जमिन डुबाउने छ । नदीको बहाव बद्दै छ । वर्षात भर्खरै भएको छ । वर्षात रोकिने संभव छैन । वर्षात बद्दै गएमा झन जोखिम हुने देखिएको छ । हिउददेखि पहिरो निरन्तर झरिरहेको छ । पहिरो झरेर पैमामा बुढीगंगा थुनिदै गएको छ । नदी थुनिदै गएमा त्रिवेणीसहित साँफे नगर डुबानमा पर्ने त्रिबेणी नगरपालिका नगर प्रमुख राम सिंह रावलले बताए ।

गत वर्षदेखि उक्त ठा“उमा पहिरो बग्न थालेको हो । हिउदको समयमा पनि पहिरो पैमामा पहिरो झदै आएको छ । हिउदमा झर्ने पहिरोको खासै जोखिम नभएपनि वर्षातको पहिराले नदी थुनिदै गएमा सिंगो मानवबस्ती र खेतीयोग्य जमिन डुब्ने छन् । पहिरो खसिरहेको छ । नदी थुनिदै गएकोले स्थानीय त्रासमा छन् । हिउदमा खसेको पहिरोको खासै डर थिएन, तर वर्षातमा झरेको पहिरोले द्धवारीमा बुढीगंगा नदी थुनिदै गएको स्थानीय शंकर पाध्यायले बताए ।

लगातार पहिरो बढदै गएपछि र नदीमा ठूला ढुङ्गा खसीरहेका छन् । माटो बग्न छोडेको छ । नदी बीचमा ढुंगा झरिरको छ । नदी थुनिन थालेपछि स्थानीय आवत जावतमा कठिन भएको छ । सबै त्रासमा रहेको स्थानीयले बताएका छन् । गत वर्ष देखि नै पैमा र द्धारीमा लगातार पहिरो खसिरहेको छ, नदी एक छेउतिर गएपछि यता बुढीगंगा नगरपालिका १ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएको हो । नदी थुनिने खतरासँगै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साफे मार्तडी सडक खण्ड पनि उच्च जोखिममा परेका छन् । पहिरो खसिरहेको सामुन्ने रहेको सा“फे मार्तडी सड्क खण्ड गत वर्ष वर्षातको तीन महिना अवरोध भएको थियो ।

पहिरोका कारण नदी सा“घुरो बन्दै गएको छ, अर्को भागमा नदीले कटान गर्दै गएको छ । पहिरो बग्ने र नदीले कटान गर्दै गएमा जुनसुकै बेला पनि साँफे मार्तडी सड्क बन्द हुन सक्ने खतरा छ । पहिरोले नदी थुनिने जोखिम बढेसंगै सडक समेत अवरुद्ध हुने भएपछि सतर्कता अपनाइएको स्थानीय प्रशसनले बताएको छ सडकको विषयमासडक डिभजन कार्यालय अछामलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताए ।

निरन्तर पहिरो खसेसंगै नदी थुनिदै गएको छ । नदी कटानसंगै सडक अवरुद्ध हुने जोखिम बद्दै गएको छ ।वर्षात शुरुवातीसंगै प्रकोपको खतरा छ । नदी थुनिदै गएमा बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठा“उ उच्च जोखिममा परेका छन् । त्यो स“गै पहिरा गएको गा“उ पैमा पनि बग्नेछ । यसर्थ पहिरो खसेर नदी थुनिदै जाने खतराको संकतलाई बेलैमा सजगता अपनाउन जिल्ला दैवीप्रकोप समिति सहित जिम्मेवार सबै चनाखो हुन आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com