ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले बुढीगंगा नदी थुनिदै, नदी थुनिएमा बाजुरा र अछाम उच्च जोखिममा (भिडियोसहित)


एबीसी न्यूज
श्रावण २, २०७६ बिहीबार  १० : ५६ बजे

अछाम,२ साउन । निरन्तर पहिरो खस्दै गएपछि बुढीगंगा थुनिदै गएको छ । नदी थुनिएमा बाजुरा र अछामका त्रिवेणी र साँफे आसपासका क्षेत्र जोखिममा पर्दै गएका छन् ।यस क्षेत्रका मानवबस्तीसहित कृषि योग्य जमिन डुबानमा पर्ने छन् भने मार्तडी साफे सडक खण्ड अवरुद्ध हुने छ । नदीमा खस्दै गरेको पहिरोले यस क्षेत्र उच्च जोखिममा परेको छ ।

वर्षात शुरु भएसंगै अछामको साँफे र बाजुराको त्रिवणी नगर जोखिममा परेका छन् । त्रिवेणीकौ ९ पैमा र द्धारीमा पहिरो जान थालेपछि बढीगंगा थुनिदै गएको छ । नदीमा पानीको बहाव बद्दै जाने र पहिरो झदै जाने हो, भने बुढीगंगाले आसपासका मानव बस्तीसहित खेतियोग्य जमिन डुबाउने छ । नदीको बहाव बद्दै छ । वर्षात भर्खरै भएको छ । वर्षात रोकिने संभव छैन । वर्षात बद्दै गएमा झन जोखिम हुने देखिएको छ । हिउददेखि पहिरो निरन्तर झरिरहेको छ । पहिरो झरेर पैमामा बुढीगंगा थुनिदै गएको छ । नदी थुनिदै गएमा त्रिवेणीसहित साँफे नगर डुबानमा पर्ने त्रिबेणी नगरपालिका नगर प्रमुख राम सिंह रावलले बताए ।

गत वर्षदेखि उक्त ठा“उमा पहिरो बग्न थालेको हो । हिउदको समयमा पनि पहिरो पैमामा पहिरो झदै आएको छ । हिउदमा झर्ने पहिरोको खासै जोखिम नभएपनि वर्षातको पहिराले नदी थुनिदै गएमा सिंगो मानवबस्ती र खेतीयोग्य जमिन डुब्ने छन् । पहिरो खसिरहेको छ । नदी थुनिदै गएकोले स्थानीय त्रासमा छन् । हिउदमा खसेको पहिरोको खासै डर थिएन, तर वर्षातमा झरेको पहिरोले द्धवारीमा बुढीगंगा नदी थुनिदै गएको स्थानीय शंकर पाध्यायले बताए ।

लगातार पहिरो बढदै गएपछि र नदीमा ठूला ढुङ्गा खसीरहेका छन् । माटो बग्न छोडेको छ । नदी बीचमा ढुंगा झरिरको छ । नदी थुनिन थालेपछि स्थानीय आवत जावतमा कठिन भएको छ । सबै त्रासमा रहेको स्थानीयले बताएका छन् । गत वर्ष देखि नै पैमा र द्धारीमा लगातार पहिरो खसिरहेको छ, नदी एक छेउतिर गएपछि यता बुढीगंगा नगरपालिका १ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएको हो । नदी थुनिने खतरासँगै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साफे मार्तडी सडक खण्ड पनि उच्च जोखिममा परेका छन् । पहिरो खसिरहेको सामुन्ने रहेको सा“फे मार्तडी सड्क खण्ड गत वर्ष वर्षातको तीन महिना अवरोध भएको थियो ।

पहिरोका कारण नदी सा“घुरो बन्दै गएको छ, अर्को भागमा नदीले कटान गर्दै गएको छ । पहिरो बग्ने र नदीले कटान गर्दै गएमा जुनसुकै बेला पनि साँफे मार्तडी सड्क बन्द हुन सक्ने खतरा छ । पहिरोले नदी थुनिने जोखिम बढेसंगै सडक समेत अवरुद्ध हुने भएपछि सतर्कता अपनाइएको स्थानीय प्रशसनले बताएको छ सडकको विषयमासडक डिभजन कार्यालय अछामलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताए ।

निरन्तर पहिरो खसेसंगै नदी थुनिदै गएको छ । नदी कटानसंगै सडक अवरुद्ध हुने जोखिम बद्दै गएको छ ।वर्षात शुरुवातीसंगै प्रकोपको खतरा छ । नदी थुनिदै गएमा बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठा“उ उच्च जोखिममा परेका छन् । त्यो स“गै पहिरा गएको गा“उ पैमा पनि बग्नेछ । यसर्थ पहिरो खसेर नदी थुनिदै जाने खतराको संकतलाई बेलैमा सजगता अपनाउन जिल्ला दैवीप्रकोप समिति सहित जिम्मेवार सबै चनाखो हुन आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com