ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्रीको निर्देशनमा शिक्षकमाथि लाठीचार्ज


एबीसी न्यूज

 


जनकपुरधाम, १ साउन ।  विगत १२ दिनदेखि धर्नामा बसेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले आफुहरुको माग पुरा नभएको भन्दै बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनीहरुमाथि मुख्यमन्त्री लालबाबस राउतको निर्देशनमा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै उनीहरु अषाढ १९ गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी धर्नामा बसेका हुन । जीवनको महत्वपुर्ण समय मुलुकको शिक्षा क्षेत्रमा बिताएको र बुढेशकालमा सरकारले आफुहरुको रोजगारी खोसेको उनीहरुको आरोप छ ।बुधबार चक्काजाम गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडी प्रहरी र आन्दोलनरत शिक्षकहरुबिच सामान्य झडप समेत भएको छ । चक्काजामका कारण त्यस क्षेत्रको आवतजावत पनि केहिबेर प्रभावित भएको थियो ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको रोजगार खोसिएको दुःखेसो सुनाए । संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएपनि सरकारले आफुहरुलाई चक्काजाम गर्न वाध्य बनाएको संयोजक यादवले बताए ।

संयोजक यादवले प्रदेशका मुख्यमन्त्री समेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै पहल नगरेको आरोप लगाए । उनलै आज उल्टै मुख्यमन्त्रीकै निर्देशनमा आफुहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आरोप लगाए ।

यता,प्रहरीमाथि हातपात गरेको भन्दै शशिकला भट्टराई,जुरनी मण्डल,रेखा कापड,किरण यादव,मुकेश तिवारी,आनन्द चौरसिया,सलिम अन्सारी लगायतका शिक्षक शिक्षिकाहरुलाई प्रहरी पक्राउ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com