ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीको हत्यामा संलग्न दुई जनालाई आजिवन जेल चलान


एबीसी न्यूज
श्रावण १, २०७६ बुधबार  ७ : ०१ बजे

 

सिरहा, १ साउन  । एसइई परीक्षापछि थप अध्ययन तयारीका लागि लहानमा डेरा लिएर बसिरहेका विद्यार्थीको हत्यामा संलग्न रहेको अभियोग पुष्टि गर्दै सिरहा जिल्ला अदालतल विद्यार्थी हत्यामा २ जनालाई आजिवन जेल सजाय भएको छ भने ५ जनालाई सफाइको फैसला सुनाएको छ ।

हत्याको अभियोगमा लहान नगरपालिका वडा नम्बर ( ३ का ४२ वर्षीय बसन्त साह र सप्तरीको पश्चिमवर्ती सुरुङ्गा नगरपालिका वडा नम्बर ( ५ स्थित कुसहाकी ३३ वर्षीया रञ्जुकुमारी मण्डललाई अदालतले आजीवन कारावासको फैसला सुनाएको हो ।

अदालतले उक्त मुद्दाका पाँच जनालाई सफाईसहित एक जनाको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको छ । सिरहा जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको इजलासले लहान ३ का भोलाजित सिंह, दिपक शर्मा, मो। मिस्टर राइन, नइम राइन र महेशकुमार यादवलाई सफाइ दिंदै हत्यामा संलग्न रहेका रामानन्द गुप्ता फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको बताइएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमाका करिब १८ वर्षीय श्रवणकुमार साह लहान ३ स्थित लक्ष्मण ललिता कुशवाहा माविबाट २०७३ को एसइइ परीक्षा दिएर थप अध्ययनक लागि आफ्नो भतिजसँग डेरामा बस्दै आएका थिए ।

२०७३ चैत १३ गते साँझदेखि डेराबाट हिंडेका साह भोलिपल्ट दुर्गाप्रसाद महतोको लहान ३ स्थित आँप बगैंचाको रुखमा खुट्टा भुईंमै छुने गरी झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको खुट्टामा तीन चार ठाउँमा चक्कु प्रहार गरिएको घाउ, रगत बगेको र मृतकको खुट्टाले समेत भुइँ छोएको पाइएपछि हत्या गरेर झुण्ड्याइको हुन सक्ने आशङ्काको आधारमा प्रहरीले तत्काल अनुसन्धान तीब्र बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com