ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मापसे’ जाँच्न ‘टेस्ट किट’ को अभाव


एबीसी न्यूज
श्रावण १, २०७६ बुधबार  ५ : २३ बजे

 

काठमाडौं,१ साउन ।जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन मापसे जाँचको योजना छ तर, लापसे गरे/नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।

प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार एउटै ‘किट’ को मूल्य रु ५०० सम्म पर्छ । “किटको मूल्य महँगो छ, प्रहरीसँग आर्थिक स्रोत छैन”, उहाँले भन्नुभयो, “स्थानीय तह या अन्य कुनै निकायको सहयोग चाहिन्छ ।” ‘टेस्ट किट’ को प्रयोगले सजिलै लागुऔषध प्रयोगकर्ताको पहिचान हुने उहाँको भनाइ छ ।

गर्भ परीक्षणको जस्तै देखिने ‘किट’ मा पिसाब राख्दा लागुऔषध प्रयोग गरेको भए ‘पोजेटिभ’ र नभए ‘नेगेटिभ’ देखाउँछ । लागुपदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढेपछि प्रहरीले लापसे जाँचको योजना ल्याएको हो ।

“मुखमा कुनै गन्ध नआउने तर शरीर हेर्दा लठ्ठिएको देखिन्छ”, प्रहरी उपरीक्षक भट्टले भन्नुभयो, “किट प्रविधिले लागुपदार्थ प्रयोगकर्ता छुट्टिन्छ ।” गाँजादेखि अन्य जुनसुकै लागुपदार्थ सेवन गरेको भए पनि परीक्षणमा खुल्ने उहाँको भनाइ छ ।

सवारी चालकलाई मात्र नभएर दुव्र्यसनीमा परेका जोसुकैको पहिचानका लागि ‘टेस्ट किट’ उपयोगी हुने देखिन्छ । कतिपय जिल्लामा स्थानीय तहले नै लापसे जाँच्न ‘टेस्ट किट’ भित्र्याएका छन् । छ महीनाअघि लागुऔषध सेवन गरेको भए पनि ‘टेस्ट किट’ मा देखिने स्वास्थ्यकर्मी बताउँछन् ।

‘किट’ को माध्यमबाट विद्यार्थी, युवालगायत प्रभावित क्षेत्रका मानिसमा ‘मापसे’ जाँच्न सकिने प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । बागलुङ पनि लागुऔषध दुव्र्यसनीको मारमा छ । शहरी क्षेत्र हुँदै गाउँघरमा समेत लागुऔषध प्रयोगकर्ता बढेका छन् ।

अधिकांश युवापुस्तामा लागुऔषध दुव्र्यसनीको समस्या छ । साथीको लहैलहै र रमाइलोका नाममा दुव्र्यसनीमा फस्ने बढी छन् । प्रहरीले लागुऔषध विरुद्ध अभियान नै थालेको छ । अभिभावक सचेतनाका लागि घरदैलोदेखि दुव्र्यसनीमा फसेका युवालाई पुनःस्थापना गृहमा पठाउनेसम्मको काम प्रहरीले गरेको छ ।

विद्यालय, क्याम्पस र समुदायस्तरमा पनि लागुऔषधविरुद्ध सचेतना जगाउन अभियान चलाइएको प्रहरीले जनाएको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दुव्र्यसनी नियन्त्रणका लागि प्रहरीसँग साझेदारीमा काम गरिने बताउनुभयो ।

“विकृति, विसङ्गति अन्त्यको विषय बजेट/कार्यक्रमले पनि समेटेको छ”, उहाँले भन्नुभयो, “प्रहरीसँग मिलेर काम गछौँ, ‘किट’ खरिद लगायतमा सहयोग गर्न नगरपालिका तयार छ ।” आउँदो आर्थिक वर्षबाट लागुऔषध नियन्त्रणसँगै समाज सुधारका क्षेत्रमा योजनावद्ध काम हुने उहाँको भनाइ छ ।

प्रहरीले केही वर्षअघि चलाएको मादक पदार्थ सेवन मापसे जाँचको अभियान निकै चर्चित बनेको थियो । मापसे जाँच हुन थालेपछि दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुगेको प्रहरीको भनाइ छ । अहिले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको सङ्ख्या घटेको छ ।

शुरुमा रु एक हजार जरिवाना, सवारी चालक अनुमतिपत्रमा प्वाल पार्ने र ट्राफिक शिक्षा दिने गरेको प्रहरीले अहिले मापसे गरेर सवारी चलाएमा एक रात हिरासतमासमेत राख्ने गरेको छ । ‘मापसे’ मा झैँ ‘लापसे’ मा कडाइ गरेमा लागुऔषध दुव्र्यसनी रोक्न सकिने प्रहरीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com