ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगको आचरणकै कारण आचारसंहिता उलंघन


admin

काठमाडौं, ९ कात्तिक । कानुन सुशासन कायम गर्नका लागि बन्छ । तर, हाम्रो देशमा कानुनको कार्यन्वयनभन्दा उलंघनको गतिविधि धेरै हुन्छ । नेपालमा एउटा गलत भनाइ स्थापित छ । मानिसहरु भन्छन् : कानुन उलंघन गर्नकै लागि बन्छ । यही, गलत भनाइलाई मानिसहरुले व्यवहारत प्रयोगमा ल्याउँदा देशमा सुशासन कायम हुन सकेको छैन । त्यसैले कानुन पालना गर्नेभन्दा पनि उलंघन गर्नेको संख्या बढी छ । यतिखेर निर्वाचन नजिकिएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यन्वयनमा जोड दिएको छ । राजनीतिक दलहरु आचारसंहिता कार्यान्वयनमा मञ्जुर छन् । तर, व्यवहारमा आचारसंहिता पालना गर्न राजनीतिक दल पिटिक्कै तयार छैनन् । देश हाक्ने अभिप्रया लिएका राजनीतिक दलका नेता कार्यकर्ता नै कानुन पालना गर्न इमानदार हुँदैनन् भने अरु को अग्रसर हुने ? तर, राजनीतिक दलहरुले त्यसै आचारसंहिता पालना नगरेका होइनन । आचारसंहिता पालना नहुनुमा धेरै कारण जोडिएका छन् ।

दलहरुकै कारण आचारसंहिता उलंघन
राजनीतिक दलका नेता कार्यकताले निर्वाचनका बेला गर्ने प्रचारको शैली नै गलत छ । राजनीतिक दलका नेता कार्यकर्ता आफ्नो मुद्धा आम नागरिकलाई जानकारी गराउन निर्वाचनलाई महत्वपूर्ण अवसर मान्छन् । तर, यो गलत छ । निर्वाचन नआएसम्म राजनीतिक दलका नेता कार्यकर्ता नागरिकको घरदैलोसम्म पुग्न् चाहदैनन् । नागरिकले दलका नेता कार्यकर्ताको अनुहार देख्न अर्को निर्वाचन कुनुपर्ने परिस्थिति अझै पनि छन् । त्यसैले दलका नेता कार्यकर्ता र आम नागरिकबीचको दुरी लामो छ । यस्तो अवस्थामा राजनीतिक दलले निर्वाचनकै बेला विभिन्न प्रचार सामग्री मतदातासम्म पुर्‍याउनुको विकल्प हुँदैन । र, निर्वाचनकै बेला दलको चुनाव चिन्ह अंकित सामग्री बोकेर मतदातासम्म दलका नेता कार्यकर्ता पुग्दा स्वत आचारसंहिता उलंघन हुन्छ । यो कारण पनि हाम्रो देशमा निर्वाचन आचारसंहिता उलंघनको घटना बढी हुने गरेको छ ।

पुरानै शैलीको प्रचारमा विश्वास
राजनीतिक दलका नेता कार्यकर्ता पुरानै शैलीको प्रचारमा व्यस्त छन् । उनीहरु, पुरानै शैलीमा ठूला–ठूला तुल, व्यानर र प्रचार साग्रीकै प्रयोग गर्न चाहन्छन् । मतदाताले चुनावको बेला गरिने प्रचारकै भरमा मतदान गर्ने काल सकिएको राजनीतिक दलका नेता कार्यकर्ताले थाहा पाउन सकेका छैनन् । आजकाल, टोल–टोलमा उम्मेदवारको बारेमा बहस हुन्छ । चुनावी मैदानमा रहेका उम्मेदवारले विगतमा गरेका कामको बारेमा छलफल हुन्छ । तर, कुन राजनीतिक दलले के नीति लियो भन्ने विषयमा खासै बहस हुँदैन । विगतमा काम गरेकै आधारमा नेपाली मतदाताले प्रतिनिधि चुन्न थालेका छन् । त्यसैले, अबका मतदाताले प्रचारकै भरमा कुनै उम्मेदवारलाई मतदान गर्छन भनेर विश्वास गर्ने दिन छैन । योग्य र क्षमतावान उम्मेदवार चुन्न आम मतदाताले जानिसकेका छन् । यस्तो, अवस्थामा राजनीतिक दलले पुरानै शैलीमा प्रचार गर्नाले पनि निर्वाचन आचारसंहिता उलंघनको घटना बढेको छ ।

लाचार निर्वाचन आयोग
राजनीतिक दल त आचारसंहिता पालनामा बदमास नै छन् । तर, आचारसंहिता कार्यन्वयन र पालना गराउने निर्वाचन आयोग नै लाचार छ । निर्वाचन आयोगले आचारसंहिता लागु गराउन सक्छ । तर, आचारसंहिता पालना भयो या भएन भनेर अनुगमन गर्न निर्वाचन आयोग सक्षम देखिएको छैन । हरेक निर्वाचनमा आचारसंहिता उलंघन गरे कारवाही गर्ने दावाका साथ निर्वाचन आयोगले आचारसंहिता लागु गर्छ । सँगै, आचारसंहिता जारी गर्ने र उलंघन गर्ने काम सुरु हुन्छ । तर, अहिलेसम्म आचारसंहिता उलंघन गरेको कारण कुनै उम्मेदवार वा राजनीतिक दलका नेता कार्यकर्ता कारवाहीमा परेको नजिर छैन । निर्वाचन आयोगले आचारसंहिता कार्यन्वयन भए या नभएको अनुगमन गर्न हरेक निर्वाचनमा टोली खटाउने गरेको छ । तर, अनुगमनमा खटिने टोलीले यो दलले आचारसंहिता उलंघन गर्‍यो भनेर अहिलेसम्म कुनै पनि निर्वाचनपछि प्रतिवेदन सार्वजनिक गरेको थाहा छैन । त्यसैले, निर्वाचनको बेला आचारसंहिता उलंघनको घटना बढ्ने गरेको छ ।

निर्वाचन आयोगमा दलिय प्रभाव
हाम्रो देशका हरेक निकायमा राजनीतिक भागबण्डा हुन्छ । राजनीतिक भागबण्डाले धेरै क्षेत्रमा असहज परिस्थिति बन्ने गरेको छ । न्यायालय समेत राजनीतिक भागबण्डाकै आधारमा चल्ने हाम्रो देशमा निर्वाचन आयोग राजनीतिक प्रभावभन्दा बाहिर रहने कुरै भएन । राजनीतिक भागबण्डाकै आधारमा निर्वाचन आयोगमा आयुक्तहरु नियुक्त हुन्छन् । कर्मचारीहरु त्यसै पनि राजनीतिक आस्थाकै भरमा काम गर्छन् । राजनीतिक आस्थाधारीहरु निर्वाचन आयोगमा हुने भएकाले कुनै राजनीतिक दलका नेता या कार्यकर्ताले आचारसंहिता उलंघन नै गरे पनि कारवाही गर्न निर्वाचन आयोग तयार हुँदैन । कारवाही गरे आफ्नै पार्टीका नेता या कार्यकर्ता कारवाहीको भागीदार हुने पीरले निर्वाचन आयोगका आयुक्त या कर्मचारी कारवाहीका लागि तयार हुँदैनन् । त्यसैले, निर्वाचन आयोगका आयुक्त या कर्मचारी राजनीतिक प्रभावभन्दा बाहिर नगएसम्म निर्वाचनको समयमा आचारसंहिता उलंघनको घटना कम हुने कुनै सम्भावना छैन । यसरी विभिन्न कारणले निर्वाचनको समयमा निर्वाचन आचारसंहिता उलंघनको घटना बढी हुने गरेको छ ।

कानुन उलंघन होइन पालना गर्नका लागि बन्छ । तर, यहाँ कानुन पालना गर्ने कमै मात्र भेटिन्छन् । यतिखेर निर्वाचन आचारसंहिता लागु भएको छ । तर, पालना गर्ने कम मात्र छन् । निर्वाचन आचारसंहिता पालना नहुनु हाम्रो टाउको दुखाईको विषय होइन । तर, कुनै पनि शीर्षकमा कानुन बन्छ भने त्यो कडाइका साथ पालना हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । राजनीतिक दलहरुले आफु अनुकुल प्रचार सामग्री प्रयोग गरु, त्यो हाम्रो चासोको विषय नहुन सक्छ । तर, देशलाई नेतृत्व गर्ने दावा गरिरहेका राजनीतिक दलहरुले देशको नियम कानुन पालना गरुन भन्ने हाम्रो पनि चाहना हो । यसरी नै कानुन बन्ने र कार्यन्वयन भन्दा बढी उलंघन हुने हो भने हाम्रो देशमा कानुन छ भनेर कसरी भन्ने ? यो प्रश्नको जवाफा नपाएसम्म आम नागरिक पनि कानुन पालनाको सवालमा सधै अग्रसर बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com