ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व मन्त्रीहरु मुख्यमन्त्रीको दौडमा


admin

काठमाडौं, ८ कात्तिक । यतिखेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएको छ । राजनीतिक दलहरुले समानुपातिक र प्रत्यक्ष गरी दुबै तर्फको मनोनयन दर्ता गराइसकेका छन् । तर, राजनीतिक दललाई उम्मेदवार चयन गर्न ठूलै संघर्ष गर्नु परेको थियो । निर्वाचन क्षेत्र थोरै हुनु र आकंक्षी धेरै हुनुले राजनीतिक समस्यामा परेका थिए । आकंक्षी धेरै हुँदा असन्तुष्टी र विरोधकैबीच उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । केही समय अगाडी सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत दलका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएका थिए । तर, राजनीतिक दलमा कार्यकर्ताभन्दा नेता नै धेरै हुने परम्पराले अझै दलहरुमा उम्मेदवारका आकंक्षी घट्न सकेकाका छैनन् । उम्मेदवारको रुपमा नेताको भागबण्डा मिलाउन दलहरुलाई समस्या परेको थियो । भागबण्डा मिलाउने क्रममा मन्त्री भइसकेका नेताहरु समेत प्रदेशसभा सदस्याका लागि उम्मेदवार बनेका छन् । उनीहरुलाई, आगामी मुख्य मन्त्रीको रुपमा समेत हेरिएको छ ।

देश संघीयतामा प्रवेश गरेसँगै आम नागरिकको अधिकार तीन तहमा विभाजन गरिएको छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा सार्वभौमसत्ता सम्पन्न नागरिकको अधिकार सुनिश्चित हुनेछन् । र, यी तीनै तहका लागि आम नागरिकले आफ्नो प्रतिनिधि आफै चुन्नेछन् । आम नागरिकले स्थानीय तह हाक्ने आफ्नो प्रतिनिधि चुनिसकेका छन् । अब, प्रदेश र प्रतिनिधिसभाका लागि आफ्नो प्रतिनिधि चुन्न आम नागरिकले मतदान गर्ने दिन नजिकिएको छ । स्थानीय तहलाई नेतृत्व गर्न केन्द्रिय नेताको हैसियत बनाएका थोरै मात्र नेता चुनावी मैदानमा थिए । तर, मंसिर १० गते सम्पन्न हुन लागेको प्रदेशसभा मार्फत प्रदेशहरुको नेतृत्व गर्न धेरै पटक मन्त्री र सांसद भएर काम गरिसकेका नेता पनि चुनावी मैदानमा छन् । कतिय नेता आफ्नै चाहनाले पनि प्रदेशसभाको उम्मेदवार बनेका होलान । तर, धेरै नेता भने पार्टी भित्रको भागबण्डा मिलाउने क्रममा प्रदेशसभामा पुगेका छन् ।

पूर्व मन्त्रीहरु प्रदेशसभाका उम्मेदवार

महेन्द्रबहादुर शाही, पूर्वमन्त्री
माओवादी नेता महेन्द्रबहादुर शाही यसअघिका ऊर्जामन्त्री हुन । हाल उनी, विना विभागीय मन्त्री छन् । कालीकोटबाट दोस्रो संविधानसभा निर्वाचन मार्फत सभासद निर्वाचित भएर मन्त्री बनेका शाही यस पटक भने प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन् । उनी, यसपटक कालीकोट–ख बाट प्रदेश सभाको उम्मेदवार बनेका हुन । केन्द्रिय सांसद हुँदै मन्त्री समेत भइसकेका शाही अब निर्वाचित भए प्रदेशसभाको सदस्य हुनेछन् ।

 

 

 

शेरधन राई, पूर्वमन्त्री
एमाले नेता शेरधन राई २०५६ सालमा सांसद बनेका थिए । त्यसपछि, २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएर उनी सूचना तथा संचारमन्त्री भएका थिए । संचारमन्त्री हुँदा नेता राईले सरकारको प्रवक्ताको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । तर, अब भने उनी केन्द्रिय संसद भन्दा पनि प्रदेशसभामै रमाउने भएका छन् । यस पटकको निर्वाचनमा नेता राईले भोजपुर–ख मार्फत प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।

 

जीवनबहादुर शाही, पूर्वमन्त्री
हुम्लाका कांग्रेस नेता जीवनबहादुर शाही यस अघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भइसकेका छन् । कांग्रेसका युवा नेता शाही समेत यस पटक प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । मंसिर १० गते सम्पन्न हुने निर्वाचन मार्फत निर्वाचित भए पूर्व मन्त्री शाही, अब एक तह तल्लो प्रदेशसभाको सदस्यको रुपमा काम गर्नेछन् । उनी, अहिले हुम्ला–ख को प्रदेशसभा उम्मेदवार रहेका छन् ।

 

 

पृथ्वी सुब्बा गुरुङ, पूर्वमन्त्री
एमाले नेता पृथ्वी सुब्बा गुरुङले पनि यस अघि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल नेकपा एमालेको सचिव समेत रहेका गुरुङ यस पटक भने केन्द्रिय संसद छोडेर प्रदेशसभामा तर्फ लागेका छन् । नेता गुरुङ यस पटक लम्जुङ–ख बाट प्रदेशसभा सदस्य भएका छन् ।

 

 

राजेन्द्र पाण्डे, एमाले नेता
एमाले नेता राजेन्द्र पाण्डे २०४८ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन मार्फत सांसद र २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचन मार्फत सभासद निर्वाचित भएका थिए । उनी, पूर्व मन्त्री समेत हुन । यस पटक भने प्रतिनिधिसभा छोडेर प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा रहेका छन् । नेता पाण्डे, धादिङ क्षेत्र नम्बर–१ (क) बाट उम्मेदवार बनेका छन् ।

 

 

राधिका तामाङ, पूर्व राज्यमन्त्री
माओवादी युवा नेतृ राधिका तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री रहेको बेला कृषि राज्यमन्त्री थिए । समानुपातिक तर्फको सभासद हुँदै राज्यमन्त्री बनेकी तामाङ पनि यस पटक प्रदेशसभा सदस्यको उम्मेदवार बनेकि छिन् । उनी, यस पटक प्रदेशसभा सदस्यका लागि नुवाकोट–१ (ख)बाट चुनावी मैदानमा रहेकी छिन् ।

 

टंक आङबुहाङ, पूर्व सांसद
नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य टंक आङबुहाङ पूर्व सांसद हुन । आङबुहाङ माओवादी शान्ति प्रकृयामा आएपछि बनेको अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेका थिए । अन्तरिम व्यवस्थापिका संसदको कार्यअवधि सकिएपछि नेपाल क्रिकेट संघ क्यानको अध्यक्ष भएर समेत काम गरेका आङबुहाङ यस पटक प्रदेशसभा सदस्यका लागि ताप्लेजुङ–१ बाट उम्मेदवार बनेका छन् ।

 

शालिकराम जमरकट्टेल, मजदुर नेता
संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएर काम गरिसकेका माओवादी नेता शालिकराम जमरकट्टेल पनि यस पटक प्रदेशसभाको सदस्यका लागि चुनावी मैदानमा छन् । उनी, धादिङ क्षेत्र नम्बर–१ (ख)बाट उम्मेदवार बनेका छन् । जमजुदर नेताको रुपमा राष्ट्रिय स्तरको छवि बनाइसकेका जमरकट्टेल समेत निर्वाचित भए अब प्रदेशसभा सदस्य हुनेछन् ।

पहिले मन्त्री अब मुख्य मन्त्री
पहिला मन्त्री भइसकेका नेताहरु त्यसै प्रदेशसभा सदस्याको निर्वाचनमा होमिएका होइनन् । आगामी प्रदेशसभाको नेतृत्व गर्ने योजना सहित दलहरुले हेभी वेटका नेताहरुलाई प्रदेशसभाको निर्वाचनमा उतारेका हुन । हुम्ला–ख मा नेपाली कांग्रेसबाट प्रदेशसभाको प्रत्यासी रहेका पूर्वमन्त्री जीवनबहादुर शाहीलाई प्रदेश नम्बर–६ का मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरिएको छ । एमालेबाट लम्जुङ–ख मा प्रदेशसभाको उम्मेदवार बनेका पूर्वमन्त्री तथा एमाले सचिव पृथ्वी सुब्बा गुरुङलाई नेकपा एमालेले प्रदेश नम्बर–४ को सम्भावित मुख्य मन्त्रीको रुपमा अघि सारेका हुन । पूर्व सूचना तथा संचारमन्त्री शेरधन राईलाई पनि प्रदेश नम्बर–१ को भावी मुख्य मन्त्रीको रुपमा अघि सारिएको छ । कालिकोट–ख मा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका पूर्वमन्त्री महेन्द्रबहादुर शाहीलाई माओवादी केन्द्रले प्रदेश नम्बर–६ को मुख्यमन्त्रीको रुपमा यस पटक उम्मेदवार बनाएको छ । पूर्व मन्त्री राजेन्द्र पाण्डे समेत प्रदेश नम्बर ३ बाट मुख्य मन्त्रीको उम्मेदवार हुन । उनी, धादिङ क्षेत्र नम्बर–१ (क) बाट उम्मेदवार छन् । एक नम्बर क्षेत्रमा माओवादीका युवा नेता टंक आङबुहाङ पनि माओवादीबाट मुख्य मन्त्रीका दावेदार हुन ।

पहिले केन्द्रमा अब प्रदेशमा
नेकपा एमालेका नेता गणेश काम्बाङ दोस्रो संविधानसा निर्वाचनमा पाँचथरबाट प्रत्यक्ष निर्वाचित सभासद हुन । पूर्व सभासद काम्बाङ पनि यस पटक प्रदेशसभा सदस्याका लागि चुनावी मैदानमा छन् । उनी, पाँचथर–ख मा प्रदेशसभा सदस्य रहेका छन् । पूर्वसभासद् नरेश भण्डारी जुम्ला–ख र २०५१ को प्रतिनिधि सभामा निर्वाचित सांसद दीपकजंग शाह जाजरकोट–ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । त्यस्तै, २०५६ सादमा बाजुराबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भएर सहायकमन्त्री समेत भइसकेका जनकराज गिरि यस पटक बाजुरा–ख मा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । २०५६ सादमा मुगुबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चन्द्रबहादुर शाही यसपटक मुगु–२ बाटै प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । त्यस्तै, २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका पूर्णप्रसाद राई यस पटक पनि संखुवासभा–ख बाट प्रदेसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । माओवादी नेता दावा लामा दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट सभासद निर्वाचित भएका थिए । उनी पनि यस पटक सिन्धुपाल्चोक–२ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । २०६४ मा गोर्खा–३ बाट सभासद निर्वाचित अमर तमु पनि प्रदेसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी, गोरखा–२ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । यसरी पहिला नै प्रतिनिधिसभाको सदस्य हुँदै मन्त्री समेत भइसकेका नेताहरु समेत प्रदेशसभाको सदस्य बन्नका लागि चुनावी मैदानमा रहेको छ । सुन्दा नेताहरु घटेर तल्लो तहमा गए झै लाग्छ । तर, अधिकार र आगामी दिनका गर्नु पर्ने काम सम्झने हो भने प्रदेशसभामा पनि अनुभवी नेतृत्वको आवश्यकता छ । जुन आयश्वकता प्रतिनिधिसभाको सदस्य भइसकेको भए पनि प्रदेशसभाको उम्मेदवार बनेकाहरुले पुरा गर्ने अपेक्षा समेत गरिएको छ ।

अब प्रदेशसभा युवा नेताले चलाउने कुरामा दुईमत छैन । तर, प्रदेशसभाको नेतृत्व गर्न पुराना र अनुभवी नेता पनि प्रदेशसभा झरेका छन् । विगतमा प्रतिनिधिसभा सदस्य हुँदै मन्त्री समेत भइसकेका नेतृत्वहरु यतिखेर प्रदेशसभा नेतृत् वगर्न चुनावी मैदानमा छन् । त्यसैले, प्रदेशसभाको निर्वाचनमा पनि निक्कै रोचक प्रतिस्पर्धा हुनेछ । कतिपय नेतृत्व प्रतिनिधिसभामा स्थान नपाएकाले प्रदेशसभामा झरेका हुनसक्छन् । तर, मन्त्री समेत भइसकेका नेतृत्वहरु भने प्रदेशको मुख्य मन्त्री बन्ने उदेश्य र पार्टीको योजना सहित प्रदेशसभाको निर्वाचनका होमिएका छन् । अहिलेको गठबन्धनको आधारमा राजनीतिक दलले जित हासिल गर्ने र त्यो गठबन्धन आगामी दिनसम्म टिक्ने हो भने अधिकांस प्रदेशको मुख्य मन्त्री समेत यतिखेरबाटै छुटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com