ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ वर्ष भित्र देशका सबै मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाउने छु– प्रधानमन्त्री ओली


एबीसी न्यूज
असार ४, २०७६ बुधबार  ३ : ०० बजे

 

 

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले कतिपय चित्त दुखाईको विषयलाई पनि थाँति राखेर राष्ट्र निर्माण गर्ने अभियानमा जुटन सबैलाई आह्वान गर्नु भएको हो । बुधबार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’ घोषणा गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको उल्लेख गर्दै त्यस अभियानमा सबैको साथ र सहयोग जरुरी रहेको पनि बताउनु भयो । उहाँले मुलुकमा रहेको वन, जंगललगायतका स्रोतहरुलाई प्रविधिको प्रयोग गरेर विकास गरी मुलुकमा एक करोड बढि पर्यटक भित्र्याउने सम्भावना रहेको दावी पनि गर्नु भयो ।

त्यसका लागि प्रविधिको प्रयोग गरेर विकासको प्रयासलाई अघि बढाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा २० लाख पर्यटक भित्र्याउन प्रयास गरिरहनु परेको उल्लेख गर्दै यहाँको प्राकृतिक स्रोतहरुको विकास गरी सरकारले एक करोड बढि पर्यटक भित्रयाउन सक्ने सम्भावना रहेको पनि उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री ओलीले २ वर्ष भित्र देशका सबै मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाउने घोषणा पनि गर्नु भयो । कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सेवाग्राहीहरुलाई सहज ढंगले सेवा पु¥याउने गरी कलंकी मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालयको रुपमा विकास गरिएको बताउनु भयो । उहाँले २ वर्ष भित्र सबै स्थानीय तहहरुमा पनि प्रविधिले युक्त मालपोत कार्यालयहरुको विकास गर्ने योजना पनि सुनाउनु भयो ।

मन्त्री अर्यालले जग्गाको कारोबारलाई व्यवस्थित बनाउन सो कार्यालयलाई प्रविधिले युक्त कार्यालयको रुपमा विकास गरिएको पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

सम्बन्धित

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख लगानी, कहाँ कति ?

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

होटल व्यवसायी महासंघ नेपालमा नयाँ नेतृत्व चयनःअध्यक्षमा टि.आर. भण्डारी निर्विरोध निर्वाचित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com