ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालयन ट्राभल मार्ट’ को चौथो संस्करण आगामी जेठमा


एबीसी न्यूज
जेष्ठ २६, २०७६ आईतबार  ७ : ३४ बजे

 

काठमाडौं, २६ जेठ । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजागर गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आज सम्पन्न भएको छ । मार्टको चौथो संस्करण आगामी वर्ष जेठ दोस्रो साता अर्थात् सन् २०२० जुन १२ देखि १५ सम्म आयोजना हुने आयोजक प्यासिफिक एशिया ट्राभल एशोसियसन ९पाटा० नेपाल च्याप्टरले जनाएको छ ।

यही जेठ २३ देखि २६ सम्म सोल्टी क्राउनप्लाजामा भएको मार्टमा ४३ देशका ७०० भन्दा बढीको सहभागिता थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाको सहयोग तथा सहकार्यमा पाटा नेपालले मार्टको आयोजना गरेको हो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ट आतिथ्य सत्कारले बहुआयामिक पर्यटकीय अनुभव प्रदान गर्नसक्ने नेपाल अनुपम गन्तव्य रहेको बताउनुभएको थियो । उहाँले योग, आयुर्वेद, तीर्थयात्रा एवं अध्यात्मिक पर्यटनका लागि हिमालय क्षेत्र नै एक उत्कृष्ट गन्तव्य भएको र सो अनुभूतिका लागि नेपाल उद्गमस्थल भएको बताउनुभएको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मार्टको तेस्रो संस्करण सफलताका साथ सम्पन्न भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो । उहाँले मार्टमा अध्यात्म पर्यटनको खोजी, बिटुबीमा क्रेता र बिक्रेताबीचको व्यापार विस्तार, अन्तरदेशीय पर्यटन बजारका ज्ञान तथा अनुभव आदान तथा नयाँ पर्यटकीय सम्भावना उजागर गर्न पनि मार्ट सफल भएको उल्लेख गर्नुभयो ।

सम्मेलनमा साहसिक पर्यटनको अवस्था, दिगो पर्यटन विकासका अवसर तथा चुनौतीलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।

मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा ‘मिडिया कन्फ्रेन्स’ मा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया÷ब्लर्गससहित १०० हाराहारी राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता थियो । ट्राभल मिडिया तथा ब्लर्गर्सले गन्तव्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरका बारेमा छलफल गरिएको थियो । सोही कार्यक्रमबीच नेपाल भ्रमण वर्ष सन् २०२० सम्बन्धी विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ’ गरिएको थियो । भ्रमण वर्ष अभियानका संयोजक सुरज वैद्यले अभियानअन्तर्गत गरिने विभिन्न कार्यक्रमको कार्ययोजनालगायत नेपालका पर्यटकीय गन्तव्य र सम्भावनाबारे प्रस्तुति दिनुभएको थियो ।

यस पटकको बिटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ वटा मुलुक ९नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड० बाट ५४ बिक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाएको पाटा नेपालले जनाएको छ ।

मार्टका अवसरमा पाटा नेपाल च्याप्टरले तत्काली पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासका गर्नुभएको योगदानको कदर गर्दै पाटा विशेष अवार्डद्वारा सम्मान गरिएको थियो । त्यस्तै विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो । ती दुवै अवार्ड प्रधानमन्त्री ओलीले वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com