ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधाभन्दा बढी ठूला नेता पराजित हुने निश्चित


admin

काठमाडौं, ७ कात्तिक । प्रदेशसभाको निर्वाचनमा थोरै मात्र हेभीवेटका उम्मेदवार छन् । थोरै मात्र हेभीवेटका उम्मेदवार भए पनि प्रदेशसभाको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने हुने नै छ । तर, प्रदेशसभाको तुलनामा प्रतिनिधिसभाको निर्वाचनमा झनै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । निनकी, ठूला दलका ठूलै नेता समेत एउटै निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा रहेकाले प्रतिनिधिसभा निर्वाचनमा हेभीवेटको प्रतिस्पर्धा पक्कै रोचक हुने छ । यस पटकको निर्वाचनमा राजनीतिक दलबीचको गठबन्धनले समेत थप रौनकता र सोचकता थपेको छ । यस पटक हरेक निर्वाचन क्षेत्रमा वाम भर्सेस लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुनेछ । विगतका निर्वाचनहरुमा सबै निर्वाचन क्षेत्रहरुमा धेरै उम्मेदवार हुन्थे । तर, यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारको संख्या समेत गठबन्धनका कारण खर्लप्पै घटेको छ । यस्ता विभिन्न कारणले पनि हेभीवेटको प्रतिस्पर्धा रोमाञ्चक हुने छ ।


सबै दलका ठूला नेताले प्रतिनिधिसभा नै रोजेका छन् । ठूला नेताको रोजाइमा प्रतिनिधिसभा नै परेपछि स्वभाविक रुपमा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा रोमाञ्क हुने निश्चित छ । त्यति मात्र होइन कतिपय ठूला र चल्तीका नेताहरु विभिन्न पार्टीबाट एउटै निर्वाचनत क्षेत्रमा उम्मेदवार बनेकाले पनि प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा रोचक बनेको छ ।

 

बाबुराम र नारायणकाजी आम्नेसाम्ने
डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ट दुबैजना केही वर्ष अगाडीसम्म माओवादी पार्टीका उपाध्यक्ष थिए । दुई उपाध्यक्षबीच त्यो समय शितयुद्ध नै चलेको थियो । तर, डा. भट्टराईले पार्टी परित्याग गरेपछि यी दुई नेता राजनीतिक रुपमै शत्रुवत सम्बन्धमा परिणत भए । यतिखेर यी दुई शत्रुवत सम्बन्धका नेता आम्नेसाम्ने भएका छन् । यी दुबै नेता प्रतिनिधिसभा सदस्यका लागि गोरखा–२ बाट उम्मेदवार बनेका छन् । भट्टराई कांग्रेसको साथमा उम्मेदवार बनेका हुन भने श्रेष्ठ वाम गठबन्धनका उम्मेदवार हुन । गोरखा–२ लाई माओवादी–एमाले र कांग्रेस–नयाँ शक्तिले पनि आफ्नो लागी राम्रो स्थानका लिने गरेका छन् । पछिल्लो पटक पनि नयाँ शक्ति संयोजक भट्टराई गोरखा–२ बाटै संविधानसभा सदस्य निर्वाचित भएका थिए । यस पटकको मतरिणाम कसको पक्षमा हुने हो कसैले आंकलन गर्न सहज छैन ।

 

विरासत फर्काउने कोसिस
हाल राप्रपा प्रजातान्त्रिकका अध्यक्ष रहेका पशुपतिशमशेर राणाले पञ्चायतदेखि नै सिन्धुपालचोकबाट निर्वाचन जित्दै आएका छन् । अध्यक्ष राणा हरेक पटकको निर्वाचनमा सिन्धुपालचोकबाटै उम्मेदवार बन्दै आएका छन् । पञ्चायतकालदेखी निरन्तरको यात्रामा गणतन्त्र नआएसम्म उनी पराजित भएका थिएनन् । तर, पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने अध्यक्ष राणा पराजित भएका थिए । अब भने जसरी पनि चुनाव जित्ने योजना सहित अध्यक्ष राणा नेपाली कांग्रेसको साथमा चुनावी मैदानमा छन् । तर, राणाको जीत त्यति सहज छैन । जहाँ वाम गठबन्धनको तर्फबाट एमाले नेता शेरबहादुर तामाङ प्रतिस्पर्धामा छन् । स्थानीय तहको मतपरिणाम हेर्दा वाम गठबन्धन नै अगाडी देखिएको छ । सिन्धुपाल्चोक–२ मा एमालेको २५ हजार ९ सय ३९ र माओवादीको १८ हजार ९ सय २२ मत रहेको छ । जहाँ कांग्रेसको २२ हजार ४ सय ३७ मत छ भने एक हुँदा राप्रपाको मत २ हजार ९ सय २५ मात्र थियो । त्यसैले, पुरानो विरासत दोहोर्‍याउन राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई त्यति सहज छैन ।

वहालवाला र पूर्वमन्त्री प्रतिस्पर्धामा
सिन्धुपाल्चोक–१ पनि सामान्य प्रतिस्पर्धा छैन । जहाँ वहालवाला सूचना तथा संचारमन्त्री माहोनबहादुर वस्तेनत र पूर्व सूचना तथा संचारमन्त्री माओवादीका प्रभावशाली नेता अग्नी सापकोटा प्रतिस्पर्धामा छन् । यस निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धन र कांग्रेस–राप्रपा तालमेलबीच प्रतिस्पर्धा हुनेछ । स्थानीय तह निर्वाचन अनुसार वाम गठबन्धनको एमालेसँग २४ हजार ३ सय ६१ मत छ भने माओवादीसँग १८ हजार ९ सय २२ मत रहेको छ । कांग्रेससँग २२ हजार ४ सय ३७ मत छ भने राप्रपाको दुई हजार ९२५ मत मात्र रहेको छ । त्यसैले यस पटकको निर्वाचनमा पनि यस क्षेत्रमा अग्नी सापकोटा निर्वाचित हुने सम्भावना बढी रहेको आंकलन हुने गरेको छ ।

दुई प्रखर युवा मैदानमा
ओखलढुङ्गाबाट दोस्रो संविधानसभा निर्वाचनमा सभासद निर्वाचित दुई युवा नेता यतिखेर चुनावी मैदानमा छन् । एमालेका युवा नेता यज्ञराज सुनुवार र कांग्रेसका युवा नेता रामहरी खतिवडा यतिखेर प्रतिनिधिसभा सदस्य निर्वाचित हुन मैदानमा छन् । स्थानीय तहमा लोकप्रिय दुबै नेतालाई चुनाव जित्न सहज छैन । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको मत हेर्दा एमाले–माओवादीको मत केही बढी भए पनि कांग्रेसको मत त्यति कम छैन । त्यसैले दुबै युवा नेतालाई चुनाव जित्न सहज छैन ।

विरासत जोगाउन मुस्किल
नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद् बलबहादुर केसीले सोलुखुम्बुबाट धेरै पटक चुनाव जितेका छन् । यस पटक पनि उनी प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । तर, यस पटक भने केसीलाई विगत झै चुनाव जित्न सहज छैन । सधै निर्वाचन जितिरहेका केसीका लागि यस पटक भने वाम गठबन्धन चुनौतीको रुपमा उभिएको छ । नेता केसीको निर्वाचन क्षेत्रमा कांग्रेस एमालेको मत बराबर जस्तै छ । त्यसमा मओवादीको समेत मत थपिदा वाम गठबन्धनका उम्मेदवार निर्वाचित हुनसक्ने सम्भावना बढी छ ।

पूर्व अर्थमन्त्रीलाई वाम चुनौती
प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व अर्थमन्त्री डा. रामशरण महत नुवाकोट–१ बाट उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धीको रुपमा माओवादी नेता हितबहादुर तामाङ रहेका छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा यी दुई नेताबीच नै प्रतिस्पर्धा भएको थियो । माओवादी नेता तामाङ भने दुबै निर्वाचनमा पराजित भएका थिए । त्यसैले, यस पटकको निर्वाचनलाई हितबहादुर तामाङका लागि पालो फर्काउने अवसरको रुपमा व्याख्या गरिएको छ । नुवाकोटमा पनि स्थानीय तह निर्वाचनको आधारमा वाम गठबन्धको दाजोमा लोकतान्त्रिक गठबन्धनको मत कमजोर रहेको छ । त्यसैले, लगातारको हार ब्रेक गर्न माओवादी नेता हितबाहादुर तामाङ सफल हुने अनुमान गरिएको छ ।

जन्म थलोको साथ खोज्दै योगेश
एमाले सचिव योगेश भट्टराईले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट चुनाव लडेका थिए । तर, दुबै निर्वाचन उनको पक्षमा रहन सकेन । त्यसैले यस पटक भने भट्टराई आफ्नै जन्मथलो ताप्लेजुङ पुगेका छन् । नेकपा एमालेको पकड क्षेत्र ताप्लेजुङमा भट्टराईका लागि जित सहज हुने अनुमान गरिएको छ । तर, स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने वाम गठबन्धनको जीत त्यति सहज भने छैन । स्थानीय तह निर्वाचनमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा एमालेको २० हजार ५ सय ५१ मत रहेको थियो भने नेकपा माओवादी केन्द्रको ४ हजार ३ सय ६६ रहेको छ । तर, कांग्रेस एक्लैको मत नै १९ हजार ५ सय ७२ रहेकाले वाम गठबन्धनले जीतका लागि निक्कै कोसिस गर्नु पर्ने देखिन्छ ।

 

यसरी राजनीतिक दलका ठूला नेता चुनावी मैदानमा रहेका छन् । ठूला नेता नै जित र हारको संघारमा रहने भएकाले सबै राजनीतिक दलका नेता कार्यकर्ता आफ्नो नेतालाई जिताउन चुनावी मैदानमा होमिएका छन् । तर, यस पटकको निर्वाचनमार्फत हेभीवेटका केही नेता भने प्रतिनिधिसभा बाहिरै रहने छन् । किनकी, एकै निर्वाचन क्षेत्रमा समान हैसियतका ठूला नेता प्रतिस्पर्धामा रहेकाले एक न एक नेता जसरी पनि प्रतिनिधिसभा बाहिरै रहने निश्चित छ ।

निर्वाचनको परिणाम आम मतदातामा निर्भर हुन्छ । कुनै दल या नेताले चाहेको भरमा उसको पक्षमा मतपरिणाम आउन सक्दैन । पछिल्लो निर्वाचनहरुलाई आधार मान्दा राजनीतिक दल भन्दा पनि उम्मेदवार आम मतदाताको रोजाइमा पर्ने गरेका छन् । राम्रो छवि बनाएका राजनीतिक दलका उम्मेदवार नै आम मतदाताको रोजाइमा पर्दै आएका छन् । त्यसले यस पटक गठबन्धन नै बनाएर चुनावी मैदानमा रहेका राजनीतिक दलका कुनै उम्मेदवार नै निर्वाचित हुन्छन भन्न सक्ने अवस्था छैन । निर्वाचनमा गठबन्धन घातक पनि बन्ने गरेको छ । मुख्यगरी गठबन्धनको आधारमा उम्मेदवार बनउने बिषयलाई लिएर पार्टीभित्र उत्पन्न किचलको कारण गठबन्धनका उम्मेदवार पराजित हुने गरेका छन् । यस पटकको निर्वाचनमा पति यो खतरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com