ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि


एबीसी न्यूज

 

काठमाडौं,२२ जेठ । प्रदेश नं २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी ९राजपा०कै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराउने चेतावनीसमेत उहाँहरुले दिनुभएको छ ।

राजपाका महासचिव तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनले देश धर्मनिरपेक्ष भइसकेको अवस्थामा प्रदेश सरकारले मठमन्दिरसहितका पर्यटकीय क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएर हिन्दूवादी चरित्र प्रस्तुत गरेको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रममा प्रदेशका प्रमुख कुरासमेत छुटेकाले ती सबैलाई समेट्न सुझावसहितको संशोधन प्रस्ताव दर्ता गराउने उहाँले बताउनुभयो ।

कृषि प्रधान प्रदेश बनाउने भनिए पनि सिँचाइका लागि ठोस योजना नल्याएको गुनासो गर्दै राजपाका प्रदेशसभा सदस्य बिक्की यादवले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायत सबै क्षेत्रको अवस्था नाजुक रुपमा राखिएको आरोप लगाउनुभयो । धेरै योजना ल्याएर प्रदेश कहिल्यै बन्न नसक्ने जिकिर गर्दै उहाँले किसानको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्न उघु उद्योग स्थापनाका लागि विशेष नीति लिन र किसानले उत्पादन गरेका वस्तु प्रदेश सरकारले खरीद गर्ने खालको विशेष योजना ल्याउन सुझाव दिनुभयो ।

गोलमटोल तरिकाले बजेट ल्याउने र आफ्नो पकेटको मान्छे पाल्ने काम मात्र सरकारका मन्त्रीले गर्न खोजेको आरोप लगाउँदै उहाँले नाराले मात्र प्रदेश समृद्ध बन्न नसक्ने र थोरै भए पनि विशेष योजनासहितको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । राजपाकै अर्का प्रदेशसभा सदस्य नेत्रविक्रम साहले नीति तथा कार्यक्रममा प्रदेश मन्त्रीले आफू निर्वाचित क्षेत्रमुखी योजना ल्याएको आरोप लगाउँदै मठमन्दिरलाई प्राथमिकतामा राखेर योजना ल्याएर प्रदेश समृद्ध नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com