ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्रीको जवाफपछि बैठक सञ्चालन


एबीसी न्यूज
जेष्ठ २०, २०७६ सोमबार  ७ : ४८ बजे

 

 

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दलको विरोधका कारण स्थगित रहेको गण्डकी प्रदेशसभाको बैठक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सम्बोधनपछि सञ्चालन भएको छ । यही जेठ १५ गते शुरु चालू अधिवेशनको पहिलो बैठकमा विपक्षी दल काङ्ग्रेसका सांसदहरुले उठाएका विषयमा सरकारले जवाफ नदिएको भन्दै आइतबारको बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

आज पनि बैठक शुरु भएलगत्तै प्रमुख विपक्षी दलका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले चालू अधिवेशनको पहिलो बैठकमा राखेका अनुदानका रुपमा वितरण गरिएको रकम सदुपयोग नभएको, धेरै ठाउँमा आस्थाका आधारमा वितरण भएको, कर्मचारी पदस्थापनमा आस्थाका आधारमा भेदभाव गरिएको, सरकारले सांसदहरुसँग समन्वय नगरेको लगायतका विषयमा सरकारबाट सदनले जवाफ पाउनुपर्नेमा नभएकाले बैठक अघि नबढ्ने बताएर सांसदहरु आ–आफ्नो स्थानमा उठेपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

त्यसपछिको बैठकमा उठाइएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले सयौँ जनताले रगत बगाएर स्थापना गरेको गणतन्त्रमा लोकतन्त्रको मर्मअनुसार आलोचना गर्ने कुरालाई सरकारले सधँै स्वागत गरिरहेको र प्रमुख प्रतिपक्षीले उठाएका विषयलाई सदैव सम्मान गर्ने बताउनुभयो । नमूना कृषि फार्म छनोटमा लक्ष्यभन्दा बढी फार्मलाई अनुदानमा छनोट गरिए पनि कानून, कार्यविधि तथा मापदण्डभन्दा बाहिर गएर छनोट नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चार सय नमूना फार्म छनोट गर्ने भने पनि सरकारले धेरैभन्दा धेरै जनताको सहभागिता होस् भनेर नै बढाएर आठ सय बनाएको हो, यसलाई निष्पक्ष बनाउन कार्यविधि बनाएका छौँ, फार्म बढे पनि हामीले छनोटको विधि भने परिर्वतन गरेका छैनौँ ।” प्रदेशसभा सदस्यहरुलाई बाहिर राखेर निर्णय गर्ने मनसाय सरकारको नभएको भन्दै मुख्यमन्त्री गुरुङले मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम, एक निर्वाचन क्षेत्र एक सडकलगायतका कार्यक्रम सभाका सदस्यहरुको सिफारिशमा भएको उल्लेख गर्नुभयो ।

ज्येष्ठता, ज्ञान, सीप र क्षमताका आधारमा कर्मचारी पदस्थापन तथा सरुवा गरिएकाले उहाँले राजनीतिक आस्थाका आधारमा भन्दा पनि क्षमता र मापदण्डका आधारमा गरिएको बताउनुभयो । सरकारले मनसायगतभन्दा पनि काम गर्दै जाँदा कहिलेकाहीँ केही गल्ती कमजोरी गरेको भए त्यसलाई सच्याउन तयार रहेको बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेशको गौरव बढाउन जनता र प्रदेशको हितका लागि सत्तापक्ष प्रतिपक्षको सीमाभन्दा बाहिर रहेर सबैमा दृढ सङ्कल्प रहेको भनाइ राख्नुभयो ।

आजको बैठकले प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदामाथि छलफल गरी पारित गरेको छ । समितिका सभापति मायानाथ अधिकारीले समितिको प्रतिवेदनसहितको मस्यौदा सदनमा छलफलका लागि प्रस्तुत गर्नुभएकामा सो उपर छलफल भएर बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

‘१५ घण्टा बित्यो, अझै टिकटिक…’ : इस्लामाबादमा अमेरिका–इरानको तनावपूर्ण म्याराथन वार्ता

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com