ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा सतर्कता अपनाउनु प्रक्रिया हो तर चौकी आक्रमणको प्रयास चाहिँ भएको छैन– गृह प्रवक्ता


एबीसी न्यूज
जेष्ठ २०, २०७६ सोमबार  ६ : २७ बजे


काठमाडौं, २० जेठ ।  सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा विप्लव समूहका कार्यकर्ताले आक्रमण प्रयास गरेको खबर गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले सत्य नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नियमित प्रक्रियाअनुसार सोलुखुम्बुबाट थप सुरक्षा सहायता माग भएकोले त्यो पठाएका हौँ, तर सञ्चार माध्ययममा आएको जस्तो चाहिँ होइन ।’ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले महाकुलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको सूचना भने पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गतिविधि बढेको सूचना पाएपछि त्यहाँ सुरक्षाका लागि थप प्रहरी पठाएको सत्य हो, त्यहाँ प्रहरी जनशक्ति कम भएकोले पठाएका हौँ, गतिविधि बढेको सूचनापछि सुरक्षा सतर्कता अपनाउनु सामान्य प्रक्रिया हो तर चौकी नै आक्रमणको प्रयास चाहिँ भएको छैन ।’

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पनि केही दिन अघिदेखि गाउँमा नौला मानिसको गतिविधि बढेको र उनीहरुलाई सोधपुछसमेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरुले नाम्चेतर्फ आवतजावत गर्ने बताएको र केही ठाउँमा विप्लव कार्यकर्ताको पनि गतिविधि बढेकोले सतर्ककता अपनाइएको छ । तर आइतबार राति आक्रमणकै प्रयास भएको चाहिँ होइन ।’

विप्लव कार्यकर्ताको झण्डै ३० जनाको समूह आइतबार राति १२ बजेतिर हतियारसहित प्रहरी चौकीमा पुगेको र आक्रमणको सूचना पाएपछि प्रहरी पहिले नै सुरक्षित स्थानमा गएकोले घटना हुन नपाएको स्थानीय बासीन्दाले बताएका छन् । आज दिउँसो पनि त्यस क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरले गस्ती गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

‘१५ घण्टा बित्यो, अझै टिकटिक…’ : इस्लामाबादमा अमेरिका–इरानको तनावपूर्ण म्याराथन वार्ता

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com