ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध नियन्त्रण गर्न समुदाय सँग सहकार्य आवश्यक– उपप्रमुख खड्गी


एबीसी न्यूज
जेष्ठ १२, २०७६ आईतबार  १२ : ५० बजे



काठमाडौं, १२ जेठ । समुदायमा हुने अपराध नियन्त्रणका लागि समुदायसँग सहकार्य आवश्यक रहेको बताइएको छ ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले शनिबार यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले समुदाय–प्रहरी सहकार्य भएमात्र अपराध नियन्त्रण हुने बताएका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले समाजको विकास तथा शान्ति सुरक्षा कायम राख्न समुदायका सबै सदस्यले समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । समाजमा आइपर्ने समस्याको सामना गर्न सबै समुदायका सदस्य सक्रिय भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति, विसङ्गति र दुरूपयोगलाई निरुत्साहित गर्न स्थानीय निकाय तथा सङ्घसंस्थासँग सहकार्य तथा समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले अपराध नियन्त्रण प्रहरी एक्लैले नसक्ने भन्दै समुदायसँग सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहनबहादुर विष्टले शान्त समाज निर्माणका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

चोरीको स्कुटरसहित एक पक्राउ नेपाल प्रहरीले चोरी गरेको स्कुटरसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले चोरी भएको बा५०प ५७६५ नंको स्कुटरसहित रामेछापका १९ वर्षीय वीर तामाङलाई शनिबार काठमाडौँ महानगरपालिका–१ नक्सालबाट पक्राउ गरेको हो । वृत्तबाट खटिएको टोलीले जाँचका क्रममा उक्त स्कुटर चोरी गरेर ल्याएको खुल्न आएको छ । पक्राउ तामाङसँग स्कुटर चोरीबारे आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com