ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध नियन्त्रण गर्न समुदाय सँग सहकार्य आवश्यक– उपप्रमुख खड्गी


एबीसी न्यूज



काठमाडौं, १२ जेठ । समुदायमा हुने अपराध नियन्त्रणका लागि समुदायसँग सहकार्य आवश्यक रहेको बताइएको छ ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले शनिबार यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले समुदाय–प्रहरी सहकार्य भएमात्र अपराध नियन्त्रण हुने बताएका हुन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले समाजको विकास तथा शान्ति सुरक्षा कायम राख्न समुदायका सबै सदस्यले समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । समाजमा आइपर्ने समस्याको सामना गर्न सबै समुदायका सदस्य सक्रिय भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति, विसङ्गति र दुरूपयोगलाई निरुत्साहित गर्न स्थानीय निकाय तथा सङ्घसंस्थासँग सहकार्य तथा समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले अपराध नियन्त्रण प्रहरी एक्लैले नसक्ने भन्दै समुदायसँग सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहनबहादुर विष्टले शान्त समाज निर्माणका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

चोरीको स्कुटरसहित एक पक्राउ नेपाल प्रहरीले चोरी गरेको स्कुटरसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले चोरी भएको बा५०प ५७६५ नंको स्कुटरसहित रामेछापका १९ वर्षीय वीर तामाङलाई शनिबार काठमाडौँ महानगरपालिका–१ नक्सालबाट पक्राउ गरेको हो । वृत्तबाट खटिएको टोलीले जाँचका क्रममा उक्त स्कुटर चोरी गरेर ल्याएको खुल्न आएको छ । पक्राउ तामाङसँग स्कुटर चोरीबारे आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com