ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक रुपमा सम्मानजनक र समान सम्बन्ध


admin

काठमाडौ. २ असोज । उत्तरमा चीनलाई छिमेकी राष्ट्र पाएको नेपालका लागि दक्षिणमा भारत छिमेकी राष्ट्र छ । चीनको तुलनामा भारतसँग नजिकको सम्बन्ध छ । तर, चीनसँग जस्तो भारतसँग सम्मानजक सम्बन्ध स्थापित हुन सकेको छैन । भारतको तुलनामा चीनसँग सम्बन्धको दुरी केही टाढा होला । तर, सम्बन्ध सबैभन्दा सम्मानजनक छ । त्यसैले, हरेक राजनीतिक घटनाक्रमका बेला नेपाल–चीन सम्बन्धको व्यख्या हुने गरेको छ । राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्याकाल सकिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन मार्फत पार्टी महासचिव निर्वाचित हुँदै पाँच वर्ष अगाडी सी जिनपिङ चीनको राष्ट्रपति निर्वाचित भएका थिए । यतिखेर चिनियाँ कम्युनिष्ट पार्टी १९औं महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनको क्रममा छ । त्यसैले, राष्ट्रपति सीको कार्यकालमा नेपाल–चीन सम्बन्ध कस्तो रहयो भनेर समिक्षा भइरहेको छ ।

राजनीतिक रुपमा सम्मानजनक सम्बन्ध
चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन मार्फत महासचिव निर्वाचित हुँदै सी जिनपिङ राष्ट्रपति निर्वाचित भएको बेला हाम्रो देश संविधान लेखन चलिरहेको थियो । छिमेकी देश भारतले नेपालको संविधान निर्माणमा सकारात्मक या नकारात्मक दुबै भूमिका निर्वाह गर्‍यो । त्यो समय, भारतले नेपाल एक सार्भभौमसत्ता सम्मपन्न स्वतन्त्र मुलुक भनेर सम्झन सकेन । तर, उत्तरी छिमेकी चीन र नयाँ राष्ट्रपति सी जिनपिङले भने नेपाल चीनसँग समान हैसित राख्ने मुलुक हो भन्ने कुरा स्मरण गरे । त्यसैले संविधान लेखनमा चीनले सुभेक्षा बाहेक केही गरेनन् । पछिल्लो समय चीनले छिमेकी देशको राजनीति समेत नियाल्न थालेको छ । तर, नेपालको हरेक राजनीतिक घटनाक्रममा भारत जस्तै चीनको नेपालमा प्रत्यक्ष संलग्नता छैन । राष्ट्रपति सीको पहिलो कार्यकालमा पनि चीनको पुरानो नीतिले निरन्तरता पायो । चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतम चीनले नेपालसँग सधै समानताको सम्बन्ध कामय गर्न तत्पर रहेको बताउँछन् । राष्ट्रपति सीको पालमा केपी शर्मा ओली र प्रचण्डले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गरेका थिए । नेपालका दुई प्रधानमन्त्रीको भ्रमणको क्रममा चीनले गरेको सम्मानले नै चीनले नेपालसँग समानताको सम्बन्ध कायम राखेको महासचिव गौतम बताउँछन् ।

सम्झौताले सम्बन्धमा न्यानोपन
२०१२ नोभेम्बरमा सी जिनपिङ चीनको राष्ट्रपति भएपछि चिनियाँ विदेश नीतिमा छिमेकी सम्बन्धले प्राथमिकता पाएको देखिन्छ । राष्ट्रपति निर्वाचित भएपछि सी जिनपिङले नेपाल लगायत सीमा जोडिएका १४ छिमेकीसँग सम्बन्ध सुधारका लागि ‘पेरिफेरल पोलिसी’ अघि सारे । लगतै, राष्ट्रपति सीले सन २०१३ मा ‘बेल्ट एन्ड रोड’ अवधारणा अघि सारेका हुन । विश्वका ७० बन्दा बढी मुलुकले सहभागिता जनाएको यो परियोजनामा नेपालमा पनि सहभागी छ । विदेशी लगानीलाई प्रोत्साहीत गर्न नेपालमा राम्रो नीति बनेको छ । त्यही नीति अनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गर्ने मुलुकमध्ये चीन पहिलो स्थानमा छ । बेल्ट एन्ड रोड अवधारणा अनुरुप सिगात्से आइपुगेको चिनियाँ रेललाई सन २०२५ भित्र नेपालसम्म पुर्‍याउने काम राष्ट्रपति सीको कार्यकालमा प्राथामिकतामा परेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरेको बेला पारवहन तथा यातायात सम्झौता भएको थियो । त्यस्तै, प्रचण्ड प्रधानमन्त्री भएको बेला बेल्ट एन्ड रोड समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यी दुई ऐतिहासिक कामले पनि राष्ट्रपति सीको पालमा नेपाल–चीन सम्बन्ध राम्रो भएको मान्न सकिने चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के बताउँछन् ।

चिनियाँया अपेक्षा र नेपाली व्यवहार
चीन र दक्षिण एसिया जोड्ने सेतुका रूपमा नेपालको भूमिका महत्वपूर्ण हुन्छ । त्यसले दक्षिण एसिया क्षेत्रको समग्र आर्थिक सामाजिक क्षेत्रमा दीर्घकालीन फाइदा हुन्छ भन्ने चिनियाँ पक्षको बुझाइ छ । चीन नेपाली भूमिको प्रयोग गरेर आफुमाथी कुनै पनि प्रकारको हस्तक्षेप नहोस भन्ने कुरामा सचेत छ । चिनियाँ पक्षको यो चासोमा नेपाल पनि सचेत रहँदै आएको छ । तिब्बत स्वतन्त्रताका पक्षमा नेपाली भूमि प्रयोग नहोस भन्ने चीनको चाहना छ । नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहँदै आएकाले नेपालप्रति चीन ढुक्क रहँदै आएको छ । नेपालसँग सडक र रेलमार्गको माध्यमबाट कनेक्टिभिटी बने चीन–नेपाल दुवैलाई पारस्परिक फाइदा हुने चिनियाँ पक्षको बुझाइ छ । चीनको यो चाहनामा पनि नेपाल सहमत हुनुले दुई देशको सम्बन्ध राम्रो छ ।

राष्ट्रपति सीको भ्रमण हुन सकेन
पाँच वर्ष अगाडी राष्ट्रपति निर्वाचित भएपछि सी जिनपिङले चीनको विदेश नीतिमा व्यापक परिवर्तन ल्याए । राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने चाहना रहेको समेत बताए । राष्ट्रपति सी स्वयमले नेपाल भ्रमणको चाहना व्यक्त गर्नु नेपालका लागि अधिक खुशीको कुरा थियो । त्यसपछि राष्ट्रपति सी जिनपिङलाई नेपालमा स्वागत गर्न नेपाली पक्षबाट अनेकन प्रयासहरु भए । सीको पहिलो कार्यकाल सकिनै लाग्दासम्म पनि उनलाई नेपाल प्रमण गराउने प्रयत्न जारी नै रहयो । तर, राष्ट्रपति सीले नेपाल भ्रमण भने गरेनन् । अस्थिर राजनीतिका कारण राष्ट्रपति सीले नेपालको भ्रमण नगरेको चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतम बताउँछन् ।

विश्व शक्ति राष्ट्र चीनको नेतृत्व सी जिनपिङले सम्हालेपछि नेपाल–चीनबीचको सम्बन्ध मजबुत बनाउने अनेकौ कामहरु भएको छ । कतिय सम्झौताहरुले दुई देशको सम्बन्धन झनै राम्रो बनाएको छ । दुई देशबीच भएको सम्झौताहरु असमान छैनन् । तुलनात्मक रुपमा नेपालकै हितमा छन् । चीनले नेपालसँग केही महत्वपूर्ण मुद्धाहरुबाहेक अन्य विषयमा धेरै अपेक्षा गरेको छैन । चिनियाँ चाहनामा नेपाल समेत सचेत छ । त्यसैले, सी जिनपिङको पाँच वर्षे कार्यकालमा नेपाल–चीन सम्बन्ध शुखद नै रहयो ।

 

एउटा विशाल र समृद्ध राष्ट्र चीन । दक्षिणमा सिमा जोडिएको एउटा सानो र विकासोन्मुख राष्ट्र नेपाल । नेपाल–चीन सिमा जोडिएका दुई छिमेकी मुलुक । दुई देशबीच समृद्ध सम्बन्ध छ । औपचारिक सम्बन्ध यतिखेर सात दशकको यात्रामा छ । औपचारिक सम्बन्ध सुरु भएको यो अवधिमा दुबै देशले अकेकौ समस्याहरु झेलेका छन् । तर, बिकासको दौरानमा भने चीनले कोसौ टाढा फड्को मारिसकेको छ । नेपालमा भने बल्ल समृद्धिको कथन सुरु भएको छ । तर, पनि यी दुई देश समान हैसियताका छिमेकी राष्ट्रको सम्बन्ध छ । नेपाल–चीन सम्बन्ध चिनियाँ पक्षले नेपालमा गर्दै अएको सहयोग र लगानीमा मात्रै निर्भर छैन । एक चीन नीति प्रति नेपालको वफादारीताले पनि दुई देशको सम्बन्ध कामय गर्न महत्वपूर्ण काम खेल्दै आएको छ । दुई देशबीचको सम्बन्ध सी जिनपिङको पाँच वर्षे कार्यकालमा झनै समधुर रहयो ।


प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com