ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी जिनपिङको उदय चीनको तेस्रो युग


admin

काठमाडौं, २ कात्तिक । चीन शक्ति राष्ट्रको रुपमा स्थापित त्यसै भएको पक्कै होइन । कुनै पनि देशको समृद्धिका लागि त्यस राजनीतिक वातावरण महत्वपूर्ण हुन्छ । चीनलाई समृद्ध राष्ट्रको शिखरमा पुर्‍याउन चिनियाँ नेतृत्वले अवलब्न गर्दै आएको नीति मुख्य विषय बन्ने गरेको छ । पाँच वर्ष अगाडी चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन मार्फत सी जिनपिङ राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्याकालमा चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट्रको रुपमा स्थापित भयो । विश्व राजनीतिका लागि शक्ति सन्तुलन गर्दै आफुलाई शक्ति राष्ट्रको रुपमा उभ्याउन राष्ट्रपति सी कै कार्यकालमा महत्वपूर्ण काम भएका छन् । यतिखेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन जारी छ । त्यसैले, सि जिनपिङको पाँच वर्षे राष्ट्रपतिय कार्यकालमा चीनले हासिल गरेका सफलता विश्वले लेखाजोखा गरिरहेको छ । विश्वले सी जिनपिङको कार्यकाल चीनको विकासका लागि तेस्रो युग भनेका छन् ।

चिनियाँ सांस्कृतिक क्रान्तिका नायक माओत्से तुङको शासनकाललाई चीनको विकासका लागि पहिलो युग मानिन्छ । त्यस्तै, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सल्लाहकार आयोगका अध्यक्ष तङ छियापिङले आधुनिक चीनको मार्गत्रिच कोरेको कुरामा दुनियाँ जानकार छन् । तङ छियापिङको मार्गचित्रलाई आधुनिक चीनको दोस्रो स्वर्ण युग मान्ने गरिन्छ । यीनै दुई महान नेताले कोरेको मार्गचित्रलाई विकासमा रुपमान्तरित गर्न पाँच वर्ष अगाडी सी जिनपिङ चीनको राष्ट्रपति निर्वाचित भए । पाँच वर्षको अवधिमा राष्ट्रपति सी जिनपिङले गरेको अद्धितिय विकासलाई आधारमा मानेर राष्ट्रपति सीको कार्यकाललाई चीनका लागि तेस्रो युग मानिएको छ । सी जिनपिङकै कार्यकालमा चीन शक्ति राष्ट्र बन्नुमा धेरै पक्षले काम गरेको छ । मुख्य त, चीनमा पछिल्लो पाँच वर्षमा भएकाले बिकासले महत्वपूर्ण भूमिको बताउँछन्, चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के ।

पाँच वर्षका पाँच महत्वपूर्ण काम
विश्वमा गरिबी निवारण मुख्य समस्या बन्ने गरेको छ । विश्व शक्ति राष्ट्रका लागि पनि गरिबी निवारण मुख्य चुनौतीको रुपमा रहेको छ । आफुलाई सबैभन्दा शक्तिशाली मान्ने अमेरिका समेत यो समस्यासँग अछुतो छैन । साम्यावादी साशन व्यवस्थाको दिशामा रहेको चीनमा गरिबी समस्या झनै जटिल छ । त्यसैले निनियाँ नेतृत्वका लागि गरिबी निवारण पहिलो चुनौती मानिएको छ । सी जिनपिङले राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्दै गर्दा चीनमा दश करोडभन्दा बढी गरिब नागरिक थिए । चिनियाँ कम्युनिष्ट पार्टीको १८औं राष्ट्रिय कांग्रेसले पाँच वर्षमा गरिबी निवारण गर्ने नीति लियो । त्यसपछि राष्ट्रपति सीको नेतृत्वले सन् २०२० सम्ममा चीनबाट गरिबी पूर्ण रुपमा अन्त्य गर्ने नीति अघि सार्‍यो । त्यही नीति अनुसार चीनले गरिबी निवारणका लागि अनेक प्रयासहरु गरिरहेको छ । यो पाँच वर्षमा चीनले गरेको कामले प्रविधिको विकासले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने उदाहरण देखाएको छ ।

पर्यावरण संरक्षण तथा हरित क्रान्ति
विश्व जलवायु परिवर्तनको चपेटामा छ । अमेरिका जस्तो शक्ति राष्ट्र पेरिस जलवायु सम्झौताबाट बाहिरियो । तर, चीनले भने जलवायु न्युनिकरणका लागि अर्बौ डलर खर्च गरेको छ । चीन गम्भीर प्रदूषणको सिकार बनेको दुनियाँमा लुक्दैन । प्रदुषण न्यूनिकरणमा चीनले उत्तिकै काम गरिरहेको छ । चीनले वन सहितको शहर विकासलाई राष्ट्रिय विकास रणनीतिमा राखेको छ । सन २०२० सम्ममा चीनले दुई सय राष्ट्रिय वन शहर र एक हजार वन नमूना गाउँ बनाउने योजना लिएको छ । चीनको प्रदूषण विरोधी अभियानले तीव्रता लिएको छ । राष्ट्रपति सीको कार्याकालमा चीनका ठूला शहरहरुमा रहेका हजारौ उद्योगहरुलाई विस्थापन गरिएको छ । शहरमा रहेका पुराना उद्योगहरुलाई हटाएर वन शहर बिकास नै पर्यावरण संरक्षण तथा हरित क्रान्तिमा चीनको सफलता मानिएको छ ।

पाँच वर्षमा प्रविधि र पूर्वाधार विकास
प्रविधि र पूर्वाधार विकासमा चीन विश्व नमुना बनेको छ । चीनले पछिल्लो सयम बिकास गरेको प्रविधि र पूर्वाधार दुनियाँका लागि उदारण बन्न पुगेको छ । राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्यकालमा सबैभन्दा धेरै काम प्रविधि र पूर्वधार विकासको क्षेत्रमा भएको छ । राष्ट्रपति सीकै कार्यकालमा चीनको महत्वकांक्षी योजना वान वेल्ट वान रोटले दनियाँ हल्लयो । यसले, युरोपेली र एशियाली मुलुकहरूको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । चीनले पूर्वाधार विकासको क्षेत्रमा ५ वर्षमा विश्वले देख्ने काम गरेको छ । चीनले पछिल्लो समय बिकास गरेको हाइस्पीड रेल बेइजिङ–शाङहाई हुइकिन थालिसकेको छ । यो रेलले प्रतिघण्टा ४०० किलोमिटर दूरी पार गर्न सक्छ । यो रेललाई विश्वको तीव्र गतिको रेल मानिएको छ । राष्ट्रपति सीको पाँच वर्षे कार्यकालमा चीनले प्रविधिको क्षेत्रमा अत्याधिक विकास भयो । विश्वको पहिलो क्वान्टम स्याटेलाइट, मानवसहित अन्तरिक्षण उडान, विश्वको सवैभन्दा ठूलो टेलिस्कोप आस्किार राष्ट्रपति सीको कार्यकालमा चीनले प्रविधिको क्षेत्रमका हासिल गरेको उपलब्धी मानिएको छ ।

भ्रष्टाचार निवारणमा अद्धितिय सफलता
विश्वका अन्य मुलुकहरु जस्तै चीन पनि भ्रष्टाचार समस्याबाट प्रताडित छ । तर, राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्यकालमा भ्रष्टाचार विरुद्ध अद्धितिय काम भएको छ । राष्ट्रपति सीको कार्याकाल सकिन लाग्दा पाँच वर्षभित्र भ्रष्टाचार विरुद्ध भएका काम समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदन अनुसार चीनले पाँच वर्षको अवधिमा भ्रष्टाचार विरुद्धको अभियानमा अनपेक्षित सफलता हासिल छ । पाँच वर्षको अवधिमा ठूला सरकारी अधिकारीदेखि तल्लो तहका सयौं कर्मचारी समेत कारवाहीमा परेका छन् । सी जिनपिङको कार्यकालमा चीनले भ्रष्टाचार विरुद्धको अभियानमा त्यसै सफलता हासिल गरेको होइन । राष्ट्रपति सीको कार्यकाल सुरु भएपछि आफ्नै पार्टी सदस्य वा सहकर्मीका लागि समेत ८ बुँदे मितव्ययी नीति बन्यो । त्यही मितव्ययी नीतिले भ्रष्टाचार निवारणमा काम गरेको छ । पाँच वर्षको अवधिमा राष्ट्रपति सीले हासिल गरेको एक महत्वपूर्ण काम भ्रष्टाचार निवारण पनि हो ।

खुल्ला अर्थतन्त्रको अभ्यास र सफलता
चीनमा हरेक क्षेत्र राज्य नियन्त्रीत थियो । तर, राष्ट्रपति सीको कार्यकाल सुरु भएपछि चीनले आफ्नो नीति धेरै परिवर्तन गर्‍यो । खुलापन र वैदेशिक लगानी भित्राउन थालेको चीनले हरेक क्षेत्रमा व्यापाक सुधारको अवधारणा अघि सारेको छ । राज्य नियन्त्रित ठूला व्यवसायहरू ज्वाइन्ट–स्टक फर्ममा बदलिएका छन् । राज्य नियन्त्रित व्यवसायको पुन:संरचना सरकारी प्रशासन दैनिक व्यवस्थापनबाट क्रमश: अलगिंदै गएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले मजदूरको कानुनी अधिकारको रक्षा गर्ने र कर्पोरेट सुधार सुनिश्चित गर्दै गएको छ । सीको कार्यकालदेखी चीनले नीजि तथा विदेशी पूँजीलाई प्रोत्साहित गरिरहेको छ । वैदेशिक लगानीमा चीनले अवलम्बन गरेको खुल्लापनकै कारण विश्वमा चीनको उत्पादनले प्रभुत्व जमाउन थालेको छ । यसरी, सुविधाजनक जीवनस्तर, विश्वमा फैलिंदो चिनियाँ सास्कृति, बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार र प्रविधिको विकासले चिनियाँ जीवनस्तर साच्चिकै लोभलाग्दो भएको छ । त्यसैले राष्ट्रपति सी जिनपिङको यो पाँच वर्षे कार्याकाललाई चीनको तेस्रो स्वर्णयुग भनिएको छ ।

नेतृत्व मात्र भएर हुँदैन, नीति सहितको नेतृत्व आवश्यक हुन्छ । नीति सहितको नेतृत्व भए देश विकासका लागि सामय लाग्दैन । अथवा, नीति सहितको नेतृत्व भए कुनै पनि राष्ट्र छोटो समयमै समृद्धिको दिशमा अघि बढ्छ । पाँच वर्ष चीनलाई नेतृत्व गर्ने क्रममा राष्ट्रपति सी जिनपिङले यही कुरा पुष्टी गरेका छन् । राष्ट्रपति सी कै पाँच वर्षे कार्यकालमा चीन दोस्रो ठूलो अर्थतन्त्र भएको विश्व शक्ति राष्ट्र मात्र बन्न सकेन, दुनियाँलाई चकित पार्ने अद्धितिय विकास गर्न चीन सफल भएको छ । चीनको अद्धितिय समृद्धिमा माओत्से तुङ र तङ छियापिङको समयलाई दुई युग मानिएको छ । त्यसरीनै, राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्यकाललाई चिनियाँ नागरिक र विश्वय समुदायले चीनको तेस्रो युगको रुपमा व्याख्या गरेका छन् । राष्ट्रपति सीको कार्यकालमा भएको विकासले दुनियाँ चकित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com