ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण


एबीसी न्यूज

रुपन्देही, २६ वैशाख । बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुवेदीले मोतीपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो । बुटवल वडा नं १७ र १८ का वडा कार्यालयको आयोजनामा दुई छुट्टाछुट्टै स्थानबाट लालपुर्जा वितरण गरिएको थियो । कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरपालिकाले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएकाले लालपुर्जा पाएको भूमिलाई कृषि र पर्यटनसँग जोडेर व्यवसायिकरूपमा सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।

सालझण्डीबाट सुँगुरढुङ्गा सडक विस्तार शुरु सालझण्डीबाट पाल्पाको जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार शुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नं ५ का भौतिक पूर्र्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गर्नुभयो । उहाँले कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनीतिक सडकअन्तर्गत विस्तार र स्तरोन्नति थालिएको बताउनुभयो । कृषि सडकका रूपमा ट्र्याक मात्रै खुलेको सडकलाई मोटरबाटो गुड्ने गरी विस्तार शुरु गरिएको हो । सडक राजमार्ग क्षेत्रबाट २६ किलोमिटर लम्बाइको छ । त्यसलाई साढे ६ मिटर चौडा बनाइएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डीबाट शुरु भएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिका हुँदै गुल्मीको रुरु गाउँपालिकामा जोडिनेछ । सालझण्डी जुठापौवा सुँगुरढुङ्गा सडक निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ५० लाख बजेट विनियोजन भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षमा रु २७ लाख ३६ हजारमा भावना कन्स्ट्रक्सनले ठेक्का लिएको छ । प्रदेशसभा सदस्य भूमिश्वर ढकालले लुम्बिनी आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा घुमाउन र बसाइ अवधि बढाउनसमेत सडक उपयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com