ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गता छात्रवृत्ति अब जेब्राक्रसिङमा


एबीसी न्यूज
बैशाख २५, २०७६ बुधबार  १२ : ५९ बजे


काठमााडौं,२५ बैशाख । “म पोलियो रोगले अपाङ्ग भएपछि आमाले यहाँको सहकारीमा मेरो नाममा केही रकम जम्मा गर्दिनुभएको रहेछ । आमाको त्यो अगाध प्रेमले मलाई अहिले पनि विह्वल बनाउँछ”, रासससँग कुरा गर्दै भावुक मुद्रामा किरणकिशोर सापकोटाले भन्नुभयो । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सुर्खेत निवासी सापकोटाले अहिले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा विकास र अर्थशास्त्र विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।

अपाङ्गता भएका व्यक्तिले पनि समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ, २६ वर्षीय सापकोटा । उहाँ भन्नुहुन्छ, “समाजका लागि केही गर्नुपर्छ भनेर मैले एउटा सामाजिक काम गरेँ– त्यो हो जेब्राक्रसिङ् निर्माण ।” शहरमा दैनिक गुड्ने सवारीसाधनको लहर हुन्छ र सडकपेटी तथा वारपार गर्ने मान्छेको भीड पनि त्यत्तिकै नै हुन्छ । त्यही भीडको बीचमा एक दिन आफ्नो घर अगाडि भएको अटोरिक्सा दुर्घटना दृश्यले मानवीय क्षति न्यूनीकरणका लागि यहाँ जेब्राक्रसिङ् निर्माण गर्नुपर्छ भन्ने प्रेरणा आफूलाई मिलेको उहाँले बताउनुभयो ।

एक इञ्जिनीयर साथी पुजन गिरीले सडकमा जेब्राक्रसिङ र साङ्केतिक चिह्नहरुको स्केच बनाइदिएको बताउँदै उहाँले ट्राफिक प्रहरीको सहगोग र समन्वयमा वीरेन्द्रनगरको भैरवस्थान विद्यालय अगाडि, मुख्यबजारको वीरेन्द्रचोक र सुर्खेतको तल्लोबजारबाट हटिया जाने चोकमा जेब्राक्रसिङ र सङ्केत चिह्न तयार गरिएको बताउनुभयो । आमाले मेरा निम्ति बचत गरेको केही रकम र अपाङ्ग छात्रवृत्तिवापत विश्वविद्यालयबाट प्राप्त रु ३० हजार गरी कूल रु ५० हजारको लगानीमा जेब्राक्रसिङ र सङ्केत चिह्न तयार गरिएको उहाँले जनाउनुभयो । त्यस्तै, वीरेन्द्रनगरकै तीन ठाउँमा २० थान क्याटलाइट (गाडीको बत्तीले टल्कने बत्ती) राखेको उहाँले बताउनुभयो । साथी पुजनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार जेब्राक्रसिङको स्केच बनाइदिएपछि काम गर्न सजिलो भएको उहाँको भनाइ थियो ।

सापकोटाले भन्नुभयो, “सरकारले महत्वाकाङ्क्षी योजना ल्याउँछ तर साना कुरामा ध्यान दिँदैन । तिनै स–साना कुरा विकासका बाधक बनिदिन्छन् ।” समाजमा सबैभन्दा हेपिएको र पछाडि परेको अपाङ्गता भएका व्यक्तिप्रतिको कमजोर दृष्टिकोणले आफूहरुलाई पीडा हुने गरेको दुखेसो पोख्दै उहाँले सबै तहका सरकारले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर अवसर दिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com