ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधसँग गुनासो,छिटो सम्बोधन गर्न माग


एबीसी न्यूज
बैशाख २४, २०७६ मंगलबार  २ : १७ बजे


काठमाडौं, २४ वैशाख । महाभारत गाउँपालिका–८ का मङ्गल श्रेष्ठले भूकम्पले आफ्नो घर पूर्णरुपमा क्षति पु¥याउँदा पनि अझैसम्म आफूलाई लाभग्राहीको सूचीमा नपारिएकामा गुनासो गर्नुभयो ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने तथा आगामी आवका लागि गर्नुपर्ने विकास निर्माणका योजनाबारे जनताका सुझाव, गुनासा र समस्या पहिचान गर्नका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले सो गुनासो गर्नुभएको हो । भूकम्प गएको चार वर्षसम्म लाभग्राहीको सूचीमा राख्न पटक÷पटक गुनासो भरे पनि त्यसको उचित सम्बोधन नभएको उहाँको भनाइ थियो । “घर ध्वस्त छ, गुनासो भरेको अझैसम्म पनि लाभग्राहीको सूचीमा परेको छैन ।” पीडित श्रेष्ठले भन्नुभयो, “कहिले हुन्छ मेरो गुनासोको वास्तविक सुनुवाइ ?” त्यस्तै वडा ५ का सेमतान सिं तामाङले प्रवलीकरण गर्नुपर्ने भनिएको आफ्नो घरलाई पूर्ण क्षतिको सूचीमा पार्न आग्रह गर्नुभयो ।

“मेरो घर भूकम्पको आंशिक क्षति बनाएकोे छ ।” उहाँले भन्नुभयो, “घर पूरै चिराचिरा परेकाले ढुक्क भएर बस्ने सक्ने अवस्थामा नभएको हुँदा पूर्ण क्षतिमा पार्नुप¥यो ।” “ढुङ्गा– माटोको घर चरचर फुटेका छन्, यस्तो घरलाई प्रवलीकरण मात्रै गरेर कसरी बस्ने हो ?” तामाङले भन्नुभयो । यस्तो घरलाई मर्मत गरेर बस्नुभन्दा बरु नयाँ बनाएरै बस्थेँ उहाँको भनाइ थियो । सो वडामा मात्रै ३८४ लामग्राहीमध्ये ३३ जनाको घर प्रवलीकरणमा परेका छन् । वडा नं ८ का दिलीप मगरले सञ्चारको सुविधा र भूकम्प पुनःनिर्माणको कामलाई तीव्रता दिन गाउँपालिकासमक्ष आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सडक सञ्जालले जसोतसो जोड्न सफल भएको छ तर नेपाल टेलिकमको मोबाइल फोन सेवा र पुनःनिर्माणको कामलाई छिटो अगाडि बढाउनुप¥यो ।”सोही ठाउँमा आशिष मोक्तानले एम्बुलेन्ससहितको अस्पताल खोल्नुपर्ने माग गर्नुभयो । अझैसम्म पनि बिरामी पर्दा जिल्ला सदरमुकाम नै धाउनुपर्ने बाध्यता भएको तर त्यसका लागि राम्रो सडक सञ्जालको सुविधा नभएका कारण अब गाउँपालिकामा नै एम्बुलेन्ससहितको अस्पताल स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयोे । सार्वजनिक सुनुवाइमा प्रधानमन्त्री रोजगार कार्यक्रम कहिलेबाट लागू हुन्छ भन्दै त्यसमा गाउँपालिकाभित्र के कसरी अगाडि बढिरहेको छ भन्ने कुरा नै जानकारीमा नआएको सुरज विकले बताउनुभयो ।

सरकारले त्यस विषयमा न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने म्याद २०७६ वैशाख मसान्तसम्म तोकिएको छ । त्यसका लागि इच्छुक बेरोजगार व्यक्ति स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कर्मचारी अभावका कारण कतिपय अवस्थामा सोचेको र गर्नै पर्ने काम गर्न पनि समस्या भइरहेको बताउनुभयो । निरन्तर गर्नुपर्ने कामलाई प्राथमिकता दिन नसकेको उल्लेख गर्दै उहाँले अन्य क्षेत्रको विकासका काम र भूकम्प पुनःनिर्माणको काम पनि सोचेअनुरुप गर्न नसकेको उल्लेख गर्नुभयो ।

“स्थानीय बासिन्दाको समस्या समाधान गर्न गाउँपालिकाले प्रयन्त गरिरहेको छ ।” अध्यक्ष जिम्बाले भन्नुभयो, “कतिपय अवस्थामा बाटोघाटो र सञ्चारको सुबिधा नपुगेका कारण पनि सोचेअनुसार काम हुन नसकिरहेकाले ती कामलाई पूर्णता दिन केन्द्र सरकार र प्रदेश सरकारसँग कुरा भइरहेको छ ।”

सञ्चारको लागि नेपाल टेलिकमको टावर राख्न सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग आफूले कुरा गरिरहेको र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि अहिलेसम्म कुनै जानकारी नै नदिइएको र गाउँपालिकामा त्यसको समन्वय गर्ने कर्मचारीसमेत नभएको उहाँको भनाइ थियो । सो गाउँपालिकाले जनताको समस्या, गुनासा र सुझाव सङ्कलनका लागि वडा÷वडामा पुगेर सार्वजकि सुनुवाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान

सम्बन्धित

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com