ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनगणनालाई विश्वसनीय बनाउनुपर्ने


एबीसी न्यूज

चितवन, २३ वैशाख । जनगणनालाई विश्वसनीय बनाउनुपर्ने आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित अन्तरक्रियामा वक्ताले जनगणनाको तथ्याङ्कलाई आधार मानी विकास निर्माणका काम हुने भएकाले यसलाई विश्वसनीय बनाउन आवश्यक रहेको बताएका हुन् ।

जनगणनाको कामलाई प्रभावकारीरूपमा अघि बढाउन स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय महत्वपूर्ण रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेको तथ्याङ्क अनुमानको भरमा आउन नहुने बताउनुभयो । अनुमानको भरमा आएको तथ्याङ्कले विकास निर्माणका कामलाई असहज बनाउने बताउँदै उहाँले वास्तविकतामा आधारित तथ्याङ्क आउन आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय योजनामा समेटिएका विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई जनगणनाले प्रभावित पार्ने बताउनुभयो । वास्तविक तथ्याङ्क आउन नसके हरेक काममा असहज हुने भन्दै उहाँले स्थानीय तहको परिचालन गर्न सक्नु आजको आवश्यकता रहेको बताउनुभयो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अहिलेसम्मका गणना त्रुटिपूर्ण रहेको भन्ने आभाष आम नागरिकमा रहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष अरुण पीडित भडारी, प्रध्यापक युवराज पराजुली, अम्बिकालाल श्रेष्ठ, केदार भण्डारीलगायतले जनगणनालाई विश्वसनीय बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डिल्लीराज ओस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका जनसङ्ख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले जनसङ्ख्याको परिवर्तन, लैङ्गिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था र प्रयोग गरेको जग्गा, शिक्षा, श्रम गर्नसक्ने जनशक्ति विषयमा पनि तथ्याङ्क सङ्कलन गरिने जानकारी दिनुभयो । त्यसैगरी प्रजनन दर, अपाङ्गता, बसाइँसराइ, भविष्यमा हुने जनसङ्ख्याको आँकलनलगायतका विषयमा पनि तथ्याङ्क सङ्कलन गरिने उहाँले बताउनुभयो । त्यसैगरी जातजाति, धर्म, मातृभाषा, दोस्रो भाषा र नेपालमा बसोबास गर्ने विदेशी नागरिकको पनि तथ्याङ्क सङ्कलन हुने लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैवाहिक स्थिति र पहिलो विवाह हुँदाको उमेर, अपाङ्गता भएका व्यक्तिको विवरण, शिक्षा तथा साक्षरता, जन्मस्थल तथा बसाइँसराइ, महिलाको प्रजनन स्थिति, आर्थिक क्रियाकलाप बारेमा पनि तथ्याङ्क लिइने छ ।

तथ्याङ्क सङ्कलनपछि गरीबीको दर, मानव विकास सूचकाङ्कका सूचक, बहुआयामिक गरीबी सूचकाङ्क, रोजगारी तथा बेरोजगारी दर, कुपोषण, गर्भ निरोधको साधन प्रयोगदर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरणसम्बधी सूचक जानकारी लिन सकिने लामिछानेले बताउनुभयो । तथ्याङ्क सङ्कलनमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग गरिने छ । देश सङ्घीयतामा गइसकेकाले माथिदेखि तल्लो निकायसम्मलाई आवश्यक पर्ने सम्पूर्ण तथ्याङ्क तहगतरूपमा समेटिने गरी तथ्याङ्क सङ्कलन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । सोका लागि सबैको सहयोग आवश्यक रहेको सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com