ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली समक्ष आजै आयोगले आफ्नो प्रतिवेदन बुझाउँदै


एबीसी न्यूज


वैशाख, २२ काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘सूचना हाम्रो अधिकार ः सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आफ्नो ११औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । सोही उपलक्ष्यमा आयोगको भवन परिसरमा आयोजना गरिएको जलपान तथा स्वागत समारोहमा मन्त्रिगण, संवैधानिक निकायमा प्रमुख, नेपाल सरकारका पदस्थ अधिकृत, सुरक्षा निकायमा प्रवक्ता, अधिकारकर्मी, सञ्चारकर्मीको सहभागिता रह्यो । यसअघि आजै बिहान आयोगले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आजै आयोगले आफ्नो प्रतिवेदन बुझाउँदैछ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था छ । सूचनाको हक नागरिकको मौलिक अधिकारको रुपमा रहेको छ ।

सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक महत्वको सूचना माग्ने र पाउने नागरिकको अधिकार हो । असल शासनका लागि सूचनाको हकको उचित परिचालन हुनुपर्दछ भन्ने मान्यता राखिन्छ ।

आयोगले सूचना लिने र दिने संस्कृतिको विकासमा जोड दिँदै आएको छ । प्रत्येक सार्वजनिक निकायले आफ्नो सूचना तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ । विसं २०६४ वैशाख २२ गते स्थापना भएको आयोगका वर्तमान प्रमुख आयुक्तमा कृष्णहरि बाँस्कोटा तथा आयुक्तद्वयमा किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com