ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवाबाट मन्त्री परिषद विस्तार, कमल थापा उपप्रधानमन्त्री


admin
आश्विन २७, २०७४ शुक्रबार  ८ : ४६ बजे

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा आज पत्र पठाउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
यसैगरी राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ । राप्रपाले मन्त्रिपरिषद्मा सहभागी हुने नेताको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । मन्त्रीहरुको शपथ कार्यक्रम शनिबार हुने भनिए पनि अहिलेसम्म शपथको कार्यक्रम तय नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानन्त्री देउवाले मन्त्री परिषद विस्तारका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीलाई पत्र पठाएको भए पनि प्रधानमन्त्रीको मन्त्री परिषद विस्तारको तयारी राष्ट्रपतिमै निर्भर हुनेछ । राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई सपथ खुवाउन नमानेको खण्डमा मन्त्री परिषद विस्तार रोकिनेछ । निर्वाचन आचारसंहिता लागु भइसकेका र माओवादी मन्त्रीहरु यथावत रहेको अवस्थामा राष्ट्रपतिलाई मन्त्री परिषद विस्तारको पत्र सदर गराउन बाध्य बनाएर देउवा राष्ट्रपतिलाई अनुचित कार्यमा माध्य पार्न उद्धत रहेको एमाले, माओवादी लगायतका दलले आरोप लागएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com