ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ


एबीसी न्यूज
बैशाख २२, २०७६ आईतबार  ८ : ५२ बजे

खलङ्गा, २२ वैशाख । जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ । तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक छपाइको प्रक्रियामा रहेको उहाँको भनाइ छ । कक्षा ४ र ५ को पाठ्यपुस्तक पछाइको कार्य ढिलाइ हुने भएको छ ।

लेखनकार्य बढी गर्नुपर्ने भएकाले पाठ्यपुस्तकको छपाइकार्य ढिलाइ हुने भएको हो । १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छपाइकार्य तीव्रगतिमा भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ । कलासंस्कृति, धार्मिकस्थल, भूगोल, इतिहास, सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय पाठ्यक्रमले स्थानीयस्तरमा रहेका विविध विषयको जानकारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरिएको हो । गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा १ देखि ५ कक्षासम्म पढाइ सञ्चालन गर्नका लागि स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माण गरिएको गाउँपालिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

तातोपानी गाउँपालिकामा रहेमा रहेका २८ विद्यालयका प्रधानाध्यापकसँगको चौथो घुम्ती बैठकबाट स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माणको तयारी गरिएको उहाँको भनाइ छ । गाउँपालिका क्षेत्रभित्र रहेका पर्यटन, कृषि, राजनीति, कलाकारितालाई प्रधान बनाइएको छ । उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षाले मात्र देश विकास नहुने भएकाले स्थानीय खसभाषाको पाठ्यपुस्तकलाई जोड दिइएको हो । तातोपानी गाउँपालिकालाई नमूना शैक्षिक गन्तव्यस्थल बनाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै स्थानीय खसभाषाको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो । गाउँपालिकाभित्र रहेका २८ विद्यालयमा १ देखि ३ कक्षासम्म एकसाथ स्थानीय खसभाषाको पाठ्यपुस्तक पढाइ हुने भएको छ । स्थानीय पहिचान जोगाउन र नयाँपुस्तालाई इतिहास र खसभाषाको ज्ञान प्रदान गर्ने गाउँपालिकाको प्रमुख लक्ष्य रहेको छ ।

स्थानीय खसभाषामा आधारित पाठ्यपुस्तक निर्माण भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुनेछ । तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उहाँको भनाइ छ । अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारी थालेको छ । न्यौपानेले स्थानीय तहलाई आफू अनुकूलको पाठ्यपुस्तक निर्माण गर्न पाउने अधिकार भएकाले दस्तावेजका रुपमा पुस्तक प्रकाशनको तयारीमा जुटेको जानकारी दिनुभयो । जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका पाठ्यपुस्तक निर्माण गर्ने पहिलो गाउँपालिका बनेको छ । विद्यार्थीलाई बुझिने भाषामा स्थानीयस्तरको पाठ्यपुस्तक निर्माणले गाउँपालिकाको गरिमा बढाएको छ । न्यून दृष्टि भएका विद्यार्थीलाई सामग्री वितरण जुम्लाको सिञ्जा गाउँपालिकामा रहेको भैरव माध्यामिक विद्यालयका नराकोटका न्यून दृष्टि भएका विद्यार्थीलाई सेतोछडी १० थान, टचिङ क्याल्कुलेटर तीन थान र एयाम्पी थ्री सात थान वितरण गरिएको छ । हेरविचार केन्द्र सुर्खेतको आर्थिक सहयोगमा भैरव माध्यामिक विद्यालय नराकोटमा अध्ययनरत १० न्यून दृष्टि भएका विद्यार्थीलाई सामान वितरण गरिएको हेरविचार केन्द्र सुर्खेतका केन्द्र प्रमुख जीवनकुमार शाक्यले जानकारी दिनुभयो । साथै ६५ छात्रालाई सेनेटरी प्याड वितरण गरिएको केन्द्रका सचिव शोभना खड्काले जानकारी दिनुभएको छ ।

यता विद्यालयका प्रध्यानाध्यापक मानबहादुर रोकायाले दृष्टिविहीन विद्यार्थीलाई विभिन्न प्रकारका सामग्री वितरण गरेर विद्यालयलाई ठूलो गुन लगाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

सम्बन्धित

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

धनुषा-१ बाट रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com