ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सन् २०२२ भित्र नेपाल मध्यम आय भएको मुलुक’


एबीसी न्यूज

काठमाडौँ, २० वैशाख । सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम ल्याएको छ ।

सङ्घीय संसद्को आजको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । निजी, जनस्तर र सरकारी लगानीलाई सहकार्यका आधारमा प्रोत्साहित गर्ने, पूर्वाधारका महत्वपूर्ण आयोजना समयमै पूरा गर्ने सङ्कल्प पनि नीति तथा कार्यक्रममा गरिएको छ । प्रदेश र स्थानीय तहबीच असल अभ्यासको आदान प्रदानका लागि अभियान सञ्चालन, भूउपयोगको नीति कार्यान्वयन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०१९ भित्र सञ्चालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।

दुई वर्षभित्र काठमाडौँलाई भारत र चीनसँग जोड्न रेलमार्ग निर्माण कार्य शुरु गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र कार्यान्वयन गरिने, मध्य पहाडी र हुलाकी मार्गको निर्माण, औद्योगिकीकरण, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन नीति, खानीको उत्खनन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सन् २०२० मा नेपाल भ्रमण वर्षका लागि अभियान चलाइने, माटो मौसम अनुकूल खेती गरिने, कान्ला कान्लामा फलफूल लगाइने, निर्माण, उत्पादनमूलक उद्योग र सेवामूलक क्षेत्रमा रोजगार सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिइने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने, सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने, डिजिटल नेपालको पाँच वर्षे कार्ययोजना लागू गरिने, यातायात क्षेत्रको एकाधिकार अन्त्य गरिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com