ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सन् २०२२ भित्र नेपाल मध्यम आय भएको मुलुक’


एबीसी न्यूज
बैशाख २०, २०७६ शुक्रबार  ५ : ५९ बजे

काठमाडौँ, २० वैशाख । सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम ल्याएको छ ।

सङ्घीय संसद्को आजको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । निजी, जनस्तर र सरकारी लगानीलाई सहकार्यका आधारमा प्रोत्साहित गर्ने, पूर्वाधारका महत्वपूर्ण आयोजना समयमै पूरा गर्ने सङ्कल्प पनि नीति तथा कार्यक्रममा गरिएको छ । प्रदेश र स्थानीय तहबीच असल अभ्यासको आदान प्रदानका लागि अभियान सञ्चालन, भूउपयोगको नीति कार्यान्वयन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०१९ भित्र सञ्चालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।

दुई वर्षभित्र काठमाडौँलाई भारत र चीनसँग जोड्न रेलमार्ग निर्माण कार्य शुरु गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र कार्यान्वयन गरिने, मध्य पहाडी र हुलाकी मार्गको निर्माण, औद्योगिकीकरण, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन नीति, खानीको उत्खनन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सन् २०२० मा नेपाल भ्रमण वर्षका लागि अभियान चलाइने, माटो मौसम अनुकूल खेती गरिने, कान्ला कान्लामा फलफूल लगाइने, निर्माण, उत्पादनमूलक उद्योग र सेवामूलक क्षेत्रमा रोजगार सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिइने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने, सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने, डिजिटल नेपालको पाँच वर्षे कार्ययोजना लागू गरिने, यातायात क्षेत्रको एकाधिकार अन्त्य गरिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com