काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्ने नीति लिएको छ।

सरकारको उच्च प्राथमिकतामा रहेका आयोजना, पानीजहाज र रेल सम्बन्धित विषय अध्ययन गर्न छात्रवृत्ति दिइने भएको छ। पानीजहाज, रेल यातायात, सुरुङ प्रविधि, खनिज अन्वेषण, जलाशययुक्त जलविद्युत् आयोजनालाई आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्न छात्रवृत्तिमा स्वदेश तथा विदेशमा अध्ययन गराइनेछ, नीति तथा कार्यक्रममा उल्लेख छ।








प्रतिक्रिया दिनुहोस्