ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फालिएका ट्याब्लेटको पत्ता यसरी हुन्छ उपयोगी…


एबीसी न्यूज
बैशाख १९, २०७६ बिहीबार  १ : २२ बजे


काठमाडौँ,१९ बैशाख । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला ।

एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बन्नुभएको छ । उहाँका यी मूर्तिहरु अहिले काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ । गीतकारका साथै रेल चालकसमेत रहनुभएका नाग कुशल मूर्तिकारसमेत हुनुहुन्छ । सानै देखिको सोखका कारण उहाँले फालिएको ट्याबलेटका खोलबाट चित्र बनाउँदै आउनुभएको हो । अहिले उहाँको मूर्तिकला व्यावसायिक बनेको छ । एउटा चित्र लाखौँमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

काठमाडौँमा प्रदर्शन गरिएका चित्रका मूल्य भने ५० हजार भारुसम्मका छन् । उहाँले फ्याँकिएका ट्याबलेटका खोलबाट बनाउनुभएको भगवान् गणेशले भायोलिन बाजा बजाउँदै गरेको तस्वीर सुन्दर लाग्छ । पाँच दिनदेखि जारी इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा उहाँका मूर्तिले धेरैको मन जितेको छ । अझ फालिएका औषधिका पत्ताबाट बनाइएको भनेपछि धेरै प्रश्न आउने गरेको कलाकार वीमानले बताउनुभयो ।

“नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चित्र अवलोकन गर्र्दा साह्रै राम्रो र उपयोगी काम भनेर प्रशंसा नै गर्नुभयो”, वीमानले अनुभव सुनाउनुभयो । काठमाडौँमा भएको प्रदर्शनीमा गणेशसहित बुद्ध, बिरालो, मुकुण्डो र दुर्गामाताको मूर्ति छ । फालिएका वस्तुसमेत उपयोगी हुनसक्छ भनेर आफूले मूर्ति प्रदर्शनीका लागि नेपाल ल्याएको उहाँको भनाइ छ । गाउँ चहारेर ट्याबलेटका खोल सङ्कलन गर्ने गरेको भन्दै उहाँले धेरै साथीभाइ आफन्त र चिनेजानेको ठाउँमा सङ्कलन अभियान नै चलाउने गर्नुभएको छ ।

यसरी मूर्ति बनाउने आफू भारतको एकमात्रै कलाकार भएको दाबी गर्ने उहाँले मूर्तिमा भने कुनै पनि बाह्य रङ प्रयोग गर्नुहुन्न । उहाँसँगै पत्नी शाम्पा नाग पनि हुनुहुन्छ । “बीस वर्ष अघि नेपाल घुमेर मात्रै गइयो, यसपालि मूर्तिकला प्रदर्शनीसँगै यहाँको पशुपतिनाथ र स्वयम्भूलगायत ठाउँ घुम्ने मौका मिल्यो, साहै्र सुन्दर, प्रकृतिले भरिपूर्ण छ नेपाल, नेपालीको सहयोगीभावले हर्षित बनाएको छ ।” शाम्पाले भन्नुभयो । स्वयम्भूस्तुपाको डिजाइनले आफूलाई मन लोभ्याएको बताउँदै कलाकार वीमानले भन्नुभयो, “अर्काे वर्ष यसरी प्रदर्शनीमा आउँदा अवश्य पनि त्यही ट्याबलेटको पत्ताबाट बनेको स्वयम्भूको मूर्ति लिएर आउँछु ।”

यहाँ प्रदर्शनीमा भारतका १० कलाकारका चित्रकला राखिएको छ । यस्तै नेपाली चौबीस चित्रकारका चित्र समावेश छन् । एकजना बङ्गलादेशका चित्रकारका चित्र पनि छ । चित्रकला प्रदर्शनीका संयोजक सपना शाहका अनुसार यहाँ नेपाल, भारत, बङ्गलादेश र बेलायतका ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा छ । प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, मुहार चित्र समावेश छ । नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि ‘इन्डो–नेपाल कला उत्सव’ आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com