ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोडौं घोटालाको छानविनमा अख्तियार उदासीन


admin

काठमाडौं, २७ असोज । नेपाल आयाल निगमले इन्धन भण्डारण केन्द्र स्थापनाका लागि जमिन खरिद करोडौ घोटाला भएको भन्दै चौतफी बिरोध भयो । जनस्तरबाटै घोटालामा संलगन्लाई कारवाहीको माग उठेपछि दुई संसदीय समिति, आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गर्‍यो । अनुसन्धानमा जुटेका दुई निकाय संसदको आपूर्ति उपसमिति र आपूर्ति मन्त्रालयको प्रतिवेदनले करोडौं घोटालाा भएको निष्कर्ष निकाल्यो । समितिहरुकै प्रतिवेदन अनुसार नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्का निलम्बनमा परे । तर, संगै अनुसन्धान सुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने अझै पनि अनुन्धान सकेको छैन । अख्तियारले चाहेको खण्डमा कुनै पनि घटनाको अनुसन्धान गर्न धेरै समय लाग्दैन । तर, आयल निगमको जमिन खरिदका क्रममा भएको घोटालाबारे अख्यिारले अनुसन्धानमा किन ढिलाइ गरिरहेको छ ? विभिन्न आशंकाहरु उब्जन थालेका छन् ।

इन्धन भण्डारण केन्द्र स्थापनाका लागि नेपाल आयाल निगमले जमिन खरिद दर्ता करोडौ घोटाला भएको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि अनुसन्धानमा लाग्यो । अख्तियारले अनुसन्धान सुरु गरेको दुई महिना बितिसकेको छ । तर, अझै पनि अख्तियारको प्रतिवेदन सार्वजनिक भएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो अनुसन्धानको विषयमा एक शब्द पनि बोल्न चाहेको छैन । अख्तियारले सह–सचिव जीवराज कोइरालालाई प्रवक्ता तोकेको छ । तर, अख्तियार प्रवक्ता आयल निगमको जमिन खरिदका क्रममा भएको घोटालाबारे भइरहेको अनुसन्धानबारे सामान्य जानकारी दिन पनि मान्दैनन् । आयल निगमको जमिन खरिदका क्रममा घोटाला भएको कतै लुक्न सक्दैन । करोडौं घोटाला भएको तथ्यहरु बाहिरिएपछि आम नागरिकले अख्तियारले गरिरहेको अनुसन्धान जान्न चाहेका छन् । तर, अख्यितारले अहिलेसम्म यो घोटालाबारे के गरिरहेको छ भन्ने कसैलाई पनि थाहा छैन ।

गत भदौ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पृष्ट लामो विज्ञप्ती जारी गरेको थियो । जुन विज्ञप्तीमा भष्टचार विरुद्धका महानवाणी समावेश थिए । तर, त्यो विज्ञप्ती राम्ररी अध्ययन गर्ने हो भने करोडौ घोटालामा संलग्न रहेका आयल निगम प्रमुख गोपलबहादुर खड्कालाई चोख्याउने प्रकृतिको थियो । विभिन्न विषयहरु समेत जोडेर जारी गरिएको विज्ञप्तीमा लेखिएको छ :

हालसालै विभन्न संचार माध्यम लगायत सामाजिक संजालमा समेत खास गरेर नेपाल आयल निगमको जमिन खरिदको क्रममा भष्टाचार भएको आदि विषयमा जनचासो अत्तिव्यक्त भएको देख्छि । जुन स्वभाविक हो । यस्ता विषयमा आएका टिका–टिप्पणीहरुलाई आयोगले सकारात्मक मार्गदर्शनका रुपमा ग्रहण गरेको छ । तथापि, विभिन्न माध्यमबाट सम्प्रेषित समाचारहरुमा उल्लेख गरिएका केही मनोगत र लाञ्छनायुक्त अभिन्यक्तिप्रति भने आयोगको आपक्ति छ । समाचारहरुमा जनसारोकारका विषयहरु उठान भए पनि यससँग जोडिएका अभिव्यक्ति नकारात्मक टिका–टिप्पणी र आरोप–प्रत्यारोपप्रति भने आयोग खेद प्रकट गर्दछ ।

अख्तियारले जारी गरेको विज्ञप्तीको आसय सहजै बुझ्न सकिन्छ । कि, आयल निगमको जमिन खरिदका क्रममा भएको घोटालामा निगम प्रमुख गोपालबहादुर खड्काको कुनै संलग्नता छैन । आयल निगमको जमिन खरिदका क्रममा करोडौं घोटाला भएको समाचार त्यसै लेखिएको छैन । एबीसी रिपोर्टरहरुले गरेको स्थलगत रिपोर्टीङहरुले नै करोडौं घोटाला भएको पुष्टी गरिसकेको छ । रिपोर्टिङका क्रममा हाम्रा रिपोर्टरहरुले स्थानीय जग्गानधीसँग लिएका अन्तरवार्ताहरु सुरक्षित छन् । तर, अख्तियारले मिडिया मार्फत प्रस्तु सबै प्रमाणहरुलाई मिथ्या आरोप भनिदिएको । यसरी हेर्दा, कतै करोडौं घोटालामा संलग्न आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई उन्मुक्ति दिने प्रयास त भएको छैन भन्ने आशंका उब्जनु स्वभाविक हो ।

अख्तियारको विज्ञप्ती गोपालबहादुर खड्काकै फेबरमा जारी हुनु र अझै पनि अख्तियारको अनुसन्धान सार्वजनिक नहुनुले गोपालबहादुर खड्कालाई जोगाउन अख्तियार पनि लागिपरेको होकी भन्ने आशंका गर्नेह धेरै छन् । इन्धन भण्डारणका लागि जमिन खरिद गर्दा घोटाला भएको तथ्य बाहिरिएपछि अख्तियारले तीन जना अनुसन्धान अधिकृतलाई अनुसन्धानका लागि खटायो । तीन सदस्यीय अनुसन्धान टोलीले जमिन खरिद विक्रिको कागजात झिकाएर अनुसन्धान गरिरहेको भनेर अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले एबीसी न्यूजलाई भदौ २८ गते जानकारी गराएका थिए ।

अख्तियारका सह–प्रवत्ता खगेन्द्रप्रसाद रिजालले अनुसन्धान जारी रहेको हामीलाई बताएको पनि एक महिना पुग्नै लाग्यो । तर, अझै पनि अख्तियारले आयल निगमको जमिन खरिदका क्रममा भएको घोटालाबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । विगत स्मरण गर्दा यस्ता धेरै प्रकरण ढाकछोप गरिएका छन् । करोडौं रकम घोटाला गरेका सयौं व्यक्तिहरु चोखिएका छन् । त्यसैले, आयल निगमको जमिन खरिद गर्दा करोडौं घोटाला गर्नेहरुलाई पनि चोखाउने काम सुरु भएको होकी भन्ने आशंका गर्ने प्रसस्त आधारहरु भेटिएका छन् । त्यसैले, अनुसन्धानमा जुटेका सबै निकायको प्रतिवेदत तत्काल सार्वजनिक गरिनुपर्छ । र, करोडौं राज्यकोष दोहन गरेकाहरु कानुनी कारवाहीको भागिदार बन्नु पर्छ ।

आयल निगमको जमिन खरिदका क्रममा करोडौं घोटाला भएको आपूर्ति मन्त्रालय र दुई संसदीय समितिको प्रतिवेदन बन्यो । त्यही प्रतिवेदनको आधारमा आपूर्ति मन्त्रालयले मन्त्री परिषदमा आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई बर्खास्त गर्न सिफारीस गर्‍यो । आपूर्ति मन्त्रालयको सिफारिस अनुसार मन्त्री परिषदको बैठकले गोपालबहादुर खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । तर, खड्कालाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्धा फैसला गर्दै सर्वोच्च अदालतले मन्त्री परिषदको निर्णय कार्यान्वय नगर्न भन्दै अन्तरिम आदेश जारी गर्‍यो ।

सर्वोच्चको आदेशपछि करोडौं घोटाला गरेको आरोप लागेका गोपालबहादुर खड्का काममा फर्किएका छन् । सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनु र अख्तियारले अझै पनि अनुसन्धानको वास्ताविकता सार्वजनिक नगर्नुले घोटालामा संलग्नलाई उन्मुक्ति दिने प्रपञ्च सुरु भएको होकी भन्ने आशंका उब्जेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com