ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाह्र वर्षपछि मिल्यो सडक विवाद


एबीसी न्यूज

जाजरकोट, ११ वैशाख । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् ।

विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् ।

सिंहसँगै सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसांसद भक्तबहादुर शाह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलगायतको टोलीले १२ वर्षपछि स्वार्थका कारण यातायात चल्न नसक्ने अवस्था सिर्जना भएको सडकको निरीक्षण गरी प्राविधिक (स्टिमेट) लागतसमेत बदलेका छन् ।

निर्माणकार्य शुरु भएको १२ वर्षसम्म यातायातका साधन चल्न नसकेपछि चौतर्फी आलोचना बढिरहेको बेला प्रदेशसभा सदस्य सिंहले सबै सरोकारवालालाई लिएर भेरी नगरपालिका–२ राङ्सीमा गई समस्या समाधान गरेका हुन् । पूर्वसभासद् भक्तबहादुर शाहको घर हुँदै जाने सो सडक, उहाँ नै संविधानसभाका सभासद् भएको बेला निर्माण भएको थियो ।

प्राविधिकलाई अनावश्यक दबाब दिएर स्टिमेटभन्दा बाहिर गई निर्माण गरिएको यो सडकमा यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएपछि अहिले सबै सरोकारवाला निकायको उपस्थितिमा स्टिमेट बदलेर सडक पूर्ण निर्माण गर्ने सहमति भएको हो ।

एउटै गाउँमा १२ मोड बनाएर सडकमा यातायातका साधन मोड्न नसक्ने अवस्था सिर्जना भएपछि यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएको थियो । २१ किलोमिटर सडकमा रु ३२ करोड रकम खर्च हुँदासम्म यातायात चल्न नसक्दा चौतर्फी आलोचना बढेपछि प्रदेशसभा सदस्य सिंहको नेतृत्वमा स्थानीयवासीको उपस्थितिमा विवाद समाधान गरेर सडक निर्माणको बाटो खुलेको हो ।

यो सडकलाई कर्णाली प्रदेश सरकारले लुम्बिनी, जाजरकोट, खलङ्गा, बाहुनथाना, राङ्सी, पाँचकाटिया जुम्ला हुँदै रारा जोड्ने रणनीतिक महत्वको रूपमा लिदै आएको छ । विवादका कारण सडकको स्तरोन्नति हुन नसक्दा सडक निर्माणकार्य अलपत्र पर्दैै आएको थियो ।

अहिले सो सडकखण्डमा ग्राबेलको कामसँगै फराकिलो बनाउने कार्यसमेत शुरु भएको सिंहले बताउनुभयो । विवादका कारण सडक मर्मत गर्न समस्या भएकाले अब समाधान भएपछि काम अगाडि बढ्ने डिभिजन प्रमुख भट्टले बताउनुभयो ।

चुनावमा भोट हाल्नका लागि कार्यकर्तामार्फत खबर पु¥याउने नेता गाउँमा आएर विवाद सल्ट्याएको र भेटघाट गरेको पहिलो घटना भएको स्थानीयवासी मैनकला वलीले बताउनुभयो ।

जाजरकोट बीचविन्दुमा भएकाले सडक निर्माणपछि पर्याप्त लाभ जाजरकोटका जनताले लिनसक्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “हामी जाजरकोटवासी तीन सडकको बीचविन्दुमा छौँ, जाजरकोट छोएर तीन त्रिदेशीय सडक निर्माण भइरहेको छ ।”

गाउँमा १२ मोड बनाएर सडकमा यातायातका साधन मोड्न नसक्ने अवस्था सिर्जना भएपछि यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएको थियो । २१ किलोमिटर सडकमा रु ३२ करोड रकम खर्च हुँदासम्म यातायात चल्न नसक्दा चौतर्फी आलोचना बढेपछि प्रदेशसभा सदस्य सिंहको नेतृत्वमा स्थानीयवासीको उपस्थितिमा विवाद समाधान गरेर सडक निर्माणको बाटो खुलेको हो ।

यो सडकलाई कर्णाली प्रदेश सरकारले लुम्बिनी, जाजरकोट, खलङ्गा, बाहुनथाना, राङ्सी, पाँचकाटिया जुम्ला हुँदै रारा जोड्ने रणनीतिक महत्वको रूपमा लिदै आएको छ । विवादका कारण सडकको स्तरोन्नति हुन नसक्दा सडक निर्माणकार्य अलपत्र पर्दैै आएको थियो । अहिले सो सडकखण्डमा ग्राबेलको कामसँगै फराकिलो बनाउने कार्यसमेत शुरु भएको सिंहले बताउनुभयो ।

विवादका कारण सडक मर्मत गर्न समस्या भएकाले अब समाधान भएपछि काम अगाडि बढ्ने डिभिजन प्रमुख भट्टले बताउनुभयो । चुनावमा भोट हाल्नका लागि कार्यकर्तामार्फत खबर पु¥याउने नेता गाउँमा आएर विवाद सल्ट्याएको र भेटघाट गरेको पहिलो घटना भएको स्थानीयवासी मैनकला वलीले बताउनुभयो ।

जाजरकोट बीचविन्दुमा भएकाले सडक निर्माणपछि पर्याप्त लाभ जाजरकोटका जनताले लिनसक्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “हामी जाजरकोटवासी तीन सडकको बीचविन्दुमा छौँ, जाजरकोट छोएर तीन त्रिदेशीय सडक निर्माण भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com