ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारको घटनामा संलग्न युवालाई, छ वर्षको जेल सजाय


एबीसी न्यूज
बैशाख ६, २०७६ शुक्रबार  ५ : २८ बजे


नुवाकोट, ६ वैशाख । बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो । बुधबार भएको फैसलामा पीडित किशोरीलाई रु एक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ । कसुरदारले तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया किशोरीलाई पीडक गुरुङले २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा ल्याई बलात्कार गरेको आरोपमा पीडित किशोरीले २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन् ।

पीडित किशोरीको उजुरीपछि प्रहरीले आरोपितलाई २०७३ पुस ११ गते नै तारकेश्वर नपा–८ लामाबगर काठमाडौँबाट गिरफ्तार गरेको थियो । महानगरीय प्रहरी प्रभाग बालाजुले घटनास्थल नुवाकोट भएकोले थप अनुसन्धानका लागि आरोपितसहित कागजात जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो । यस्तै, १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिफर्तार भएका ककनी गाउँपालिका–३ डाडागाउँका १७ वर्षीय प्रदीप राईलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद र रु ५० हजार पीडित किशोरीलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

चितवन रत्ननगर नगरपालिका टाँडीकी १५ वर्षीया किशोरीलाई २०७४ चैत १८ गते जागिर लगाइदिन्छु भन्दै काठमाडौँ हुँदै पीडकले आफ्नो घरमा ल्याएर पटक पटक बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालय रत्ननगर चितवनमा पीडित किशोरीले २०७५ वैशाख ४ गते उजुरी दिएकी थिइन् । उजुरीमा पीडितले पीडकको घरबाट भागेर चितनव पुगेर उजुरी दिएको उल्लेख गरेकी छिन् ।

प्रहरीले आरोपित किशोरलाई २०७५ वैशाख ४ गते गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरले घटनास्थल नुवाकोट भएकोले थप अुनसन्धानका लागि पीडकसहित कागजात २०७५ वैशाख ५ गते नुवाकोट प्रहरी कार्यालय पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

सम्बन्धित

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

धनुषा-१ बाट रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com